धनकुटाका ७ बर्षीय बालकको अनुरोध,- मलाई मेरो ममी-बाबाले छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस् (भिडियो सहित)

धनकुटा । २०७२ सालमा आफ्नै घर नजिक चुंडिएर झरेको बिजुलीको तारमा खेल्दा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका धनकुटा चौबिसेका ७ बर्षीय बालक सन्देश तामाङ्लाई अहिले फेरी टाउकाको घाउले सताईरहेको छ । हात र खुट्टाको भर नहुंदा एक महिना अघि मावलीमा लडेर उनको टाउकोमा गहिरो चोट भएको थियो ।

गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि आधा शरिर अपांगता भएका उनी उपचारको अभावमा टाउकोमा घाउ बोकेर थप पिंडाले छटपटिएर हिंड्न बाध्य सन्देश सबैजना भएर पनि एक्लो जस्तै छन् । बाबु टेक बहादुर कान्छि श्रीमतीसंग काडमाण्डौ तिर र आमा प्रमिला पनि सम्पर्क बिहिन भएपछि अहिले ६५ बर्षीया बाजे जीत बहादुर तामाङ्ग मात्र उनको सहारा बनेका छन ।

करेन्ट लागे देखि हाल सम्म ऋण गरेर उनको उपचारमा १० लाख ५० हजार खर्च गरेका तामाङ्ग परिवारले अब भने आर्थिक अभावमा सन्देशको उपचार गर्न छाडेका छन् ।

पहिलाकै साढे पाँच लाख भन्दा बढी ऋण बाँकी नै भएको र अब कुनै उपाय नभएको बताऊँदै बाजे जीत बहादुर सहयोग गरिदिनुहुन अपिल गर्दै भन्छन,- उपचार खर्च नहुँदा सन्देशका बाबु आमाले नै छाडे, म उपचार गर्न लैजान्छु तर म सगँ आर्थिक उपाय छैन तपाईहरुले सहयोग गरेर मेरो नातिलाई बचाईदिनुहोस्’

अपांगता भएका संदेश बचेको एक हात जोड्दै भन्छन,- मलाई मेरो ममी-बाबाले छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस् ।

सहयोग कहाँ र कसरी गर्ने ?

सन्देशको मर्माहत समाचार प्रकाशन गरिएसँगै देश र विदेशमा रहनुभएका सहयोग गर्न ईच्छुक सहयोगी मन र हातहरुले सहयोग गर्न ईच्छा देखाएसँगै धनकुटा खबर टिम नै “सन्देश बचाउ अभियान”मा लाग्ने निर्णय गरिएको छ ।

सहयोगका लागि

“धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.”, जनता बिकास बैंक, पाख्रीबास शाखा धनकुटा, खाता नं- ०२६००२०४७७४७२०१(026002047747201) मा सहयोग जम्मा गर्न आग्रह गरिएको छ ।

प्राप्त सहयोग रकमको उपयोगः

धनकुटा खबर अनलाईनको तर्फबाट उचार सहयोग रकम स्वरुप ११ हजार १ सय ११ रुपैंया सहयोग गरी “सन्देश बचाउ अभियान” शुरु गरिएको जानकारी अबगत गराऊदैं देश र विदेशमा रहनुभएका सम्पूर्णमा सहयोगका लागि आग्रह गर्दै यो पोष्टलाई सक्दो शेयर गर्नुहुन अनुरोध गरिएकोछ ।

https://youtu.be/2VSa3q23qBo

यो पनि हेर्नुहोस – आमा बेपत्ता- बाबु कान्छी च्यापेर हिडेपछि करेन्ट लागेर अपांगता भएका धनकुटाका ७ बर्षिय सन्देश तामाङको हरिबिजोग (भिडियो सहित) 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।