शिवपार्क उद्धघाटन गर्दै मेयर तामाङ्ले खुलाए चोक र गल्लीहरु सिगार्ने काममा लागेको कुरा !

धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ निर्मित शिवपार्कको वुधवार एक औपचारिक समारोहको विच समुद्धघाटन गरिएको छ ।

पर्यटकलाई आकर्षणको गन्तव्य वनाउने उदेश्यले स्थापना गरिएको शिवपार्कको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले रिवन काटेर समुद्धघाटन गरेका छन् ।

शिवपार्कको औपचारिक समुद्धघाटन गर्दै नगर प्रमुख तामाङले जनप्रतिनिधिहरु पहिलो पटक स्थानिय सरकारमा आउने वित्तिकै नगरपालिकाको वजार क्षेत्रलाई पर्यटन प्रवद्र्धनको लागी नगरको मुख्य मुख्यचोक र गल्लीहरु सिगार्ने काममा लागेको बताए ।

उनले आ.व.०७४-०७५ देखी नै धनकुटा नगरपालिकाको वडा नं.६ र ७ मा पार्क र उद्यान निर्माण कार्यको थालनी गरेको स्पष्ट पारे ।

साथै उनले यस अघि नै धनकुटा–७ को चुवाको वोटमा ग्रिनपार्क तथा वुद्धपार्क निर्माण भैसकेको वताए ।

त्यसैगरी धनकुटा नगरपालिका वडा नं.७ परिचयमोडमा आ.व.०७५÷०७६ को वजेट कार्यक्रमवाट एबोकार्डोको आकर्षक प्रतिमा निर्माण गर्ने थालिएको वताए ।

त्यसैगरी वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठले शिवपार्कमा रहेको शिवको मन्दिर वि.सं.१९२५ सालमा आज भन्दा १ सय ९३ वर्ष पहिले जग्गा धनी स्व.शिवनाथ श्रेष्ठले स्थापना गरेका वताए ।

उनले पार्क वनाउन जग्गा दान गर्नु हुने धनकुटा–६ निवासी स्वर्गिय शिवनाथ श्रेष्ठका धर्मपत्नी रेणु श्रेष्ठ लगायत सम्पुर्ण परिवारलाई निःशुल्क जग्गा प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा वौद्धिक विकास समाज धनकुटाका अध्यक्ष सुवासचन्द्र जोशिले ठाउँमात्र राम्रो भएर नहुने, पार्क वरीपरी वस्ने मान्छेको मन पनि राम्रो हुनु पर्नेमा जोड दिए ।

भिमसेनटोल टोलवस्ती संगठनका अध्यक्ष बिनिता श्रेष्ठको अध्यक्षतमा सम्पन्न शिवपार्क उद्धघाटन समारोहमा वडा नं.७ का वडाध्यक्ष जङ्गगवहादुर आठपहरिया, सामाजिक संघसंस्थाको तर्फवाट द्रोर्ण प्रसाद गुरागाँई, जग्गादाताहरुको तर्फवाट जग्गादाताको भाई दिपकगोपाल श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।

धनकुटा नगरपालिका वडा नं.६ को वडा कार्यालयबाट १२ लाख र स्थानियहरुको १ लाख, ६९ हजार, ३ सय ३३ रुपयाँ गरी जम्मा १३ लाख, ६९ हजार, ३ सय ३३ रुपयाँमा शिवपार्कको निर्माण गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।