गिट्टी-बालुवा बोक्दै चर्चित गायक ! भन्छन,- गीतले मात्र खान पुग्दैन (भिडियो सहित)

भक्तपुर। सुदूरपश्चिमको दार्चुलामा जन्मिएका चर्चित देउडा गायक नवराज बिष्ट काठमाडौंमा ज्यामी काम गरेर जीवन गुजरा चलाइरहेका छन्। २०७१ सालमा उनी गायक बन्ने सुन्दर सपना बोकेर काठमाडौँ आएका थिए। यो भन्दा अघि गीत गाउन कै लागि उनी ब्याङ्गलोरमा कहिले ज्यालामजदुरी गर्थे त कहिले होटलमा काम गर्थे।

काठमाडौँ आए पछि उनले ब्याङ्गलोरमा हाड छाला घोटेर कमाएको पैसा गीतसंगीतमा नै लगानी गरे। पैसा छउन्जेल केहि गीतमा लगानी गरेर आफ्नो आवाजमा रेकर्ड गराए। नवराजले ‘हाम्रो माया यो जुनीमा सम्भव हुँदैन’ ‘छुट्ने बेला’ ‘तेरो फोटो सिरानी भिज्यो आँसुले’ लगायत चर्चित लोक तथा देउडा गीत गाएका छन्।

उनका पश्चिमेली साथै नेपाली गीत उतीकै हिट छन् तर दुखको कुरा उनी भने हिट हुन सकेनन्। उनले आफुले कमाएको पैसाले लगानी गरे। पैसा सकिए पछि फेरी पुरानै काममा फर्किन बाध्य भए। सुदूर तथा मध्यपश्चिममा गाइने देउडा गीत गाएर चर्चा कमाएका उनी अहिले आर्थिक बाध्यताले मजदुरी गरिरहेका छन्।

‘काठमाडौँ शहर हेर्दा लाग्छ रहर ‘ यो वाक्यांस सायद गायक नवराजलाई नै सुहायो। गीत गाउने रहरले काठमाडौँ त आए तर उनलाई साथसहयोग गर्ने कोहि भेटेनन्। केहि गीत रेकर्ड गरे पछि उनी सामान्य मजदुरीको काम गर्न बाध्य भए। धेरै कुरा सिकायो उनलाई यो काठमाडौँ शहरले।

अहिले उनी किर्तिपुरको एक घरमा बलुवा चाल्ने, बालुवा, इट्टा, गिट्टी बोक्ने गर्दछन्। हुन त काम सानो ठुलो हुँदैन। यद्यपि सुमधुर स्वरका धनी पैसर पहुँचको अभावमा आफ्नो आवाज दबाउन बाध्य भएकाले अलि खल्लो महसुस भने पक्कै हुने रहेछ।

अब यसतै रहेछ काम नगरी खान पुग्दैन भन्ने सोचेर नै उनी यस्तै काममा अल्झिन पुगे। उनले विवाह पनि काठमाडौँ नै आएर गरेका हुन्। जिविको पार्जनका लागि उनले पैसा कमाउछन्। तर अझै गित गाउने उनको धोको भने पुरा भएको छैन। उनी भन्छन् ,’म बरु एकछाक खान्छु तर मेरा दर्शक श्रोतालाई गीत दिन्छु। अहिले म गीत रेकर्ड गर्न भनेर पैसा जम्मा गर्न यो काम गर्दैछु।’ – पिएनपिखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।