राजपा नेता यादवले भने,- जब दुईतिहाइको सरकार हुन्छ तव देशमा अनिष्ट हुन्छ (भिडियो सहित)
काठमाडौं । राष्ट्रिय जनता पार्टी अहिले चर्चाको शिखरमा रहेको छ । राजपाले छठसम्म कुर्छौ र यदि छठपछि संविधान संशोधनको प्रक्रिया अगाडी बढेन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ भनेर चेतावनी दिएको थियो । तर, छठ सकिएको १ हप्ता बितिसक्दा पनि राजपाले त्यस विषयमा केहि बोलेको छैन ।
राजपा भित्रका नेताहरुले फरक फरक खालका अभिव्यक्ति दिएका छन् । कसैले चाहिँ एक हप्तामै समर्थन फिर्ता लिन्छौ भनेका छन् भने कोहि चाहिँ मौन बसिरहेका छन् । यही बीचमा राजपा अध्यक्ष मण्डलको संयोजक पनि फेरिएका छन् ।
राजपा अहिले के सोच्दै छ र के गर्दै छ ? यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवसँग गरेको कुराकानी हेर्नुहोस्


