निर्मला पन्तका बुवाको मानसिक सन्तुलन नै गुम्यो, यसरी पिट्दै र घुस खादै भन्सारमा सशस्त्र प्रहरी ! (भिडियो सहित)
यी दृश्यहरु हेर्नुहोस्, सामाजिक संजालबाट साभार गरिएका यी दृश्य आज राजधानीमा आयोजित एउटा कार्यक्रमको हो । जहाँ राष्ट्रपति कार्यालयलाई १८ करोडको गाडी किन्न भनि युवाहरुले भिख मागेका छन् । राष्ट्रपतिलाई गाडी खरिद गर्न भन्दै पशुपतिमा आउनेहरुसँग १ रुपैयाँ भिख मागेर रकम संकलन गरिएको छ । उठेको रकम गाडी खरिद गर्न राष्ट्रपति कार्यालयलाई दिने आयोजकको योजना छ ।
सरकारका प्रवक्ताले भने राष्ट्रपति कार्यालयको बचाउ गर्दै १८ करोड केवल एउटा गाडीका लागि होइन थुप्रै गाडी, एम्बुलेन्स, बाइकका लागि हो भनेका छन् । एम्बुलेन्स कति करोडको हो ? बाइकहरु कति करोडका हुन् ? र राष्ट्रपतिको गाडी कति करोडको हो ? भनेर ब्रेकडाउन गर्न आजसम्म सरकारले सकेको छैन ।
१६ करोडमा ४ करोड बाइकहरु र एम्बुलेन्सलाई भए १२ करोड चाँही राष्ट्रपतिको गाडीलाई नै पर्ला । यति धेरै विवाद मात्र होइन राष्ट्रपतिका लागि भिख नै माग्न थालिसके पछि किन मौन बसेको होला राष्ट्रपति कार्यालय ?

सरकारका प्रवक्ताले राष्ट्रपति कार्यालयको लाज ढाक्न त खोजे तर एउटा ज्यादै सानो टालोले यति ठुलो लाज ढाक्न त के सक्थ्यो, ह्वाङगै देखियो । हामी जनताको पनि भाग्य नै खोटो छ । आफ्ना गाडी बेचेर सरकारी कोषमा जम्मा गरिदिने पाकिस्तानका इमरान खानको तारिफ गर्नु प¥या छ ।
साइकल चडेर कार्यालय जाने नेदरल्याण्डका प्रधानमन्त्रीको वाह वाही गर्नु प¥या छ । इकोनोमी क्लासमा यात्रा गरेर, समाज सेवामा आँफुलाई सम्मिलित गर्ने क्रोएसियाकी राष्ट्रपतिको गुणगान गाउनु परेको छ ।
सरकारी सुविधा र रिटायरमेन्ट पेन्सन नलिएका उरुग्वेका पुर्व राष्ट्रपतिलाई उदाहरण मान्नु परेको छ । कति विदेशीको मात्र उदाहरण दिने ? कति विदेशका नेताको तारिफ गर्ने ? हाम्रो देशका राष्ट्रपति प्रधानमन्त्री वा भुतपूर्वहरुको तारिफ गर्न पाए कति राम्रो हुन्थ्यो ।
राष्ट्रपतिका लागि गाडी खरिद गर्न भनेर आफ्नै देशका जनताले भिख माग्नु परेको कुरा राष्ट्रपति कार्यालयलाई सामान्य लाग्न सक्छ । बरु उहिले राजाहरु शाही सम्बोधन भन्दै बोल्थे । तर हालका राष्ट्रपतिले त बोल्ने हुन्न रैछ । न्याय नपाएर बहुलाउन बाध्य पारिएका निर्मला पन्तका आमा बुवालाई भेट गर्न समय पनि छैन रे ।
हैन यो जनताले ल्याएको गणतन्त्र होइन र ? शहीदहरुको बलिदानको दरिलो शिलामाथि उभिएको गौरवशाली गणतन्त्रले कस्तो मान्छेलाई कस्तो बनायो ? लोकतन्त्र, गणतन्त्रको सुन्दरता हो यो तस्वीर । यसले खर्बौंको सन्देश दिन्छ । यदि यो अवस्थाको मानिस पनि देशको सर्वोच्च पदमा पुग्न सक्छन् भने त्यो लोकतन्त्रमा मात्र सम्भव छ र हामीले यो व्यवस्था ल्यायौँ ।
तर ताप्लेजुङकी गरिब विद्यादेवी देशको राष्ट्रपति भएपछि शितल निवास पनि सानो हुने, भएका गाडी मर्मत गरी प्र्रयोग नगरेर १८ करोडको गाडी चाहिने ? हिँड्डुल गर्दा जनताले बाटोमा हलचल गर्न नपाइने, घुडा टेकेर टिका लगाउनु पर्ने, छोरी बलात्कारमा परि मारिएका वा आमाले भेट्न नपाउने हो भने सरकार एउटा अनुरोध ।
राष्ट्रपति भण्डारीलाई शितल निवास सानो भएको भए, नारायणहिटी तिर सारीदेउ । विस्तारै विस्तारै श्रीपेच, राजदण्ड, राजगद्धी पनि नामसारी गरिदेउ । यदी होइन जनताकी छोरी थिए, जनताकी छोरी हुँ र जनताकै छोरी भएर रहनेछु भन्ने हो भने यो मौनता तोड्न जरुरी छ ।
आदर्शवादी नेता तथा राष्ट्रपति भण्डारीकी स्वर्गिय पति मदन भण्डारीकै शैली सापटी लिएर भन्छु । ‘महामहिम ज्यु वडामहारानी नबनी बक्स्योस्, हिडडुल गर्दा जनताको बाटो, नछेकी बक्स्योस, भएका गाडी घोडा, नोकर चाकर नै बढी छन्, सरकारलाई फिर्ता गरी बक्स्योस् । लागेका आरोप र आलोचना जनताले चित्त दुखाएर सुनाएका हुन्, त्यसको जवाफ दिइ बक्स्योस् । सहयोगी र सल्लाहाकार रुपी सन्ड, मुण्ड ननचाईबक्सयोस । १० मिनेट लाग्छ, देश र जनताको नाममा सम्बोधन गरी बक्स्योस र सम्पुर्ण सुविधाहरु राज्यलाई फिर्ता गरेर, अति सामान्य जीवन बाँच्ने घोषणा गरी बक्स्योस् ।’
ग्यारेण्टीका साथ भन्छु भएभरका जनताले भोली बिहानबाट यहाँको जय जयकार गाउने छन् । आलोचक जति सबका सब समर्थक हुनेछन् । संसारभरीका राष्ट्रप्रमुख मध्येका उदाहरण बन्न कत्ती पनि समय लाग्ने छैन । सारा गालीहरु रातारात तालीमा बदलिने छन् । शुरुवातमा खुरुक्क प्लेन टिकट काटेर कंञ्चनपुर गइबक्स्योस्, निर्मलाका बा आमालाई भेटिबक्स्योस्,र क्रमश एकपछि अर्को जनचाहना अनुरुपका कामहरु गरी बक्स्योस ।
त्यसपछि सायद स्वर्गिय मदन भण्डारीको आत्मा पहिलो पटक मुस्काउने छ । राष्ट्रपति ज्यु ! अब त अत्ति भयो, कति कुरी बक्सीन्छ । जनता तपाईको गाडी किन्न भिख माग्न थालिसके । यति खबर नपु¥याउने सल्लाहाकारलाई देशको ढुकुटीबाटै तलब दिएर नराखिबक्स्योस, अझै केही बितेको छैन ।
कर्मचारीको सेटिङमा नक्कली भिषामा श्रमको सक्कली छाप !
वैदेशिक रोजगारीमा कामदार पठाउन दलाल र कर्मचारीको मिलेमत्तोमा नक्कली भिषामा पनि श्रम अनुमति दिने गरेको भेटिएको छ । प्युठानका अर्जुन श्रेष्ठ, विष्णु खड्का, बिनोद श्रेष्ठ लगायत १० जनाले आनन्द खत्री नाम गरेका एजेन्टलाई जनही ४ लाख बुझाएर मोरिससको भिषा र नेपाल सरकारको श्रम अनुमति हात पारे ।
यही भिषा र श्रम अनुमति लिएर अक्टोबर २८ मा मोरिसस उड्न लाग्दा त्रिभुवन विमानस्थलको अध्यागमनले नक्कली भिषा भएको भन्दै उडान अनुमति दिएन ।
यही भिषा देखाएर श्रम कार्यालय ताहाचालबाट एजेन्टलाई २८ हजार पैसा बुझाएपछि सेप्टेम्बर ७ मा श्रम अनुमति पाएका थिए । उनिहरुलाई श्रम अनुमति दिँदा श्रम कार्यालयका कर्मचारीले अक्टोबर २८ पश्चात मात्रै अध्यागमनबाट प्रस्थान गर्ने छु भन्ने मञ्जुरी नामा गराएका छन् ।
अध्यागमनबाट प्रस्थान गर्नका लागि, जान लागेको मुलुकको भिषा अनिवार्य हुन्छ तर श्रम कार्यालयका कर्मचारीले यस्तो मञ्जुरी नामा गराउनुले उनीहरुलाई भिषा नक्कली भएको जानकारी थियो भन्ने पुष्टी हुन्छ ।
यो मञ्जुरी नामा गराउने कर्मचारी अहिले सरुवा भइसकेका छन् तर कार्यालयका निमित्त प्रमुख सुरेश जोशि यो बिषयमा केही नबोल्ने बताउँछन् । एजेन्टले दिएको नक्कली भिषामा नेपाल सरकारले सक्कली छाप लगाइदिएपछि ती युवाहरुको ४० लाख डुबेको छ । तर ओरिजिनल भिषा भएका करिब डेढ सय बढी सर्वसाधारण श्रम अनुमति नपाएर डेढ महिनदेखि कार्यालय धाइरहेका छन् ।
श्रम कार्यालयका कर्मचारी जान लागेको मुलुक स्थित नेपाली दुतावासको सिफारिस खोज्छन् भने दुतावासले सिफारिस दिन नपर्ने बताउँछ । वैदेशिक रोजागरी सम्बन्धी नेपाल सरकारको स्पष्ट नीति नहुनको मौका छोपेर कर्मचारी र एजेण्टको सेटिङका कारण सर्वसाधारण ठगीइरहेका छन् ।


