आफ्ना नगरका बिद्यार्थीहरुलाई ‘टिफिन क्यारी’ दिँदै महालक्ष्मी नगरपालिका !

धनकुटा खबर । पेटभर खाएर बिदार्थीहरुलाई पढाईमा केन्द्रित गराउन महालक्ष्मी नगरपालिका धनकुटाले आफ्ना नगरका बिद्यालयहरुलाई २ हजार १ सय वटा खाजा बोक्ने ‘टिफिन क्यारी’ दिने भएको छ ।

‘घरमा जे पाक्छ बिद्यालयमा त्यहि खान्छ खाजा’ अभियान ल्याउन नगरले नर्सरी देखि कक्षा ३ सम्मका बिद्याथीहरुलाई खाजा बोक्ने ‘टिफिन क्यारी’ दिन लागिएको हो । घरकै स्वस्थ्य खाजा खाने बानिको बिकास गरेर बिद्यार्थीहरुलाई पढाईमा केन्द्रित गराउन उक्त अभियान ल्याईएको मेयर पर्शुराम नेपालले जानकारी दिए ।

माघ १ गतेबाट लागु गरिने उक्त अभियान नगरका ५३ सामुदायिक बिद्यालयका ५९ वटा बाल बिकास केन्द्रमा लागू गरिने नेपालले जानकारी दिए । तस्वरि : टिपिन क्यारी देखाउँदै मेयर नेपाल र नगरका कर्मचारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।