माघे संक्रान्तिमा धनकुटा पनि मस्त !
धनकुटा खबर, १ माघ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । यस अबसरमा धनकुटाका मठमन्दिरहरु बिहानै देखि भक्तजनहरुको भिडभाड लागेको थियो ।
आज बिशेष गरेर धनकुटा नगरको भीरगाउँको मधुगंगा मन्दिर र बाख्रे खोलाको धर्मगंगा मन्दिरमा मकर नुहाउनेको निकै भीड लागेको थियो । आज सबै नेपालीहरुले जस्तै धनकुटामा पनि तरुल, तिलको लड्डु, सेल रोटी लगाएतका परिकार खाएर माघे संक्रान्ति मनाएका छन् ।
सक्रन्तिकै अवसरमा ३ दिनको लागि भेडेटारको नाम्जेमा माघि महोत्सव भईरहेको छ । संक्रान्तिकै अबसर पारेर शिवालय गुठि धनकुटा ७ ले ९ दिने महापुराण शुरु गरेको छ । गाउँघर सबैतिर मेला, बजार लागेका कारण आज धनकुटा बजार प्राय: सुनसान रहयो ।



