धनकुटामा एक जेष्ठ नागरीक मृत फेला, ३ जना पक्राउ

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकामा एक जना जेष्ठ नागरीक मृत अवस्थामा शव फेला परेका छन् ।

गाउँपालिकाको वडा न.३ सोगुमका ६८ बर्षिय सञ्चलाल याख्खा मृत फेला परेको धनकुटा प्रहरीले जानकारी दिएको छ । शुक्रबार याख्या घरबाट आफ्नो खेतमा काम गर्न गएको बेला गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

मृतक याख्खाको टाउको र हातमा चोट रहेको कारण घटना स्थलबाट एक थान खुकुरी, लाठि समेत बरामत भएको गुरुङ्गले जानकारी दिनुभयो । हत्याको आशंकामा उक्त गाउँका तीन जनालाई पक्राउ गरेपनि अनुसन्धानका लागि नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।