उच्च अदालत विराटनगरको धनकुटा इजलासद्वारा १ सय ४५ मुद्धा फछर्यौट

धनकुटा खबर । उच्च अदालत विराटनगरको धनकुटा इजलासले यो आर्थिक बर्षको पौष मसान्त सम्ममा १ सय ४५ मुद्धा फछर्यौट गरेको छ ।

आर्थिक बर्ष ०७४÷०७५ को जिम्वेवारीमा रहेका ७४ र आर्थिक बर्ष ०७५÷०७६ मा नयाँ दर्ता भएका कुल २ सय ७५ मुद्धा रहेकोमा करिब ५३ प्रतिशत मुद्धा फछर्यौट भएको उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायधिस विनोद शर्माले जानकारी दिए ।

अहिले पनि १ सय ३० वटा मुद्धा फैसला हुन बाकिँ रहेको मुख्य न्यायधिस शर्माको भनाई थियो । अदालतमा ६ महिना भित्र दर्ता भएका १ सय १७ वटा मुद्धा छन् भने ६ महिना देखि ९ महिनाभित्रका ९ वटा र ९ महिना देखि १ बर्ष सम्मका ४ वटा मुद्धा फैसला हुन बाकिँ रहेको समेत पत्रकार संमेलनमा जानकारी दिइयो । अदालतमा १ बर्ष पहिला दर्ता भएका मुद्धा भने सबै फछर्यौट भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।