धार्मिक तथा पर्यटकीय स्थल मुलघाटमा सरसफाई

धनकुटा खबर । धनकुटाको पर्यटकीय तथा धार्मिक स्थल तमोरनदी स्थित मुलघाटमा आज सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

धनकुटा नगरपालिकाको आयोजना तथा नमस्ते नेपाल धनकुटको संयोजन तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी ,नगर प्रहरी, स्थानीय वासिन्दाहरु को सहभागीतामामा संचलान गरिएको सरसफाई अभियान अन्र्तगत मुलघाट बजार क्षेत्र र तमोरनदीको किनारमा व्यापक सरसफाई गरिएको नमस्ते नेपालका सचिव हरी वहादुर लम्जेलले वताउनु भयो ।

सरसफाई कार्यक्रममा नमस्ते नेपालका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकारम महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, पूर्व अध्यक्ष महोन वान्तवा, धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल, सशस्त्र प्रहरी बल धनकुटका स्थित मुलघाटका प्रहरी निरिक्षक जितेन्द्र वस्नेत, मुलघाट प्रहरी चौकीका असई हिद्धय ठाकुर, स्थानीय वासिन्दाहरु चन्द्र श्रेष्ठ, श्रवण शाह, बल वहादुर श्रेष्ठ, नविन घिमिरे लगायत स्थानीय वासिन्दाहरु र सशस्त्र र नेपाल प्रहरीको सहभागीता रहेको थियो ।

सरसफाई अभियानमा सहभागीहरुलाई तमोर रिभर साईट र दाजु भाई होटेल मुलघाटले चिया खाजाको व्यवस्था गरी सहयोग गरेको नमस्ते नेपालका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖