धनकुटाको हिले–छिन्ताङ सडक अनुगमन
धनकुटा खबर । धनकुटाको हिलेबाट छिन्ताङको पिले सम्मको बाटोको स्तरोन्नती गर्न धनकुटाको ३ स्थानिय तह र प्रदेशको टोलीले अनुगमन गरेको छ ।
धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र सहिदभूमी गाउपालिकामा पर्ने ३० किलो मिटर बाटोको अवस्थाका बारेमा अवलोकन गरिएको टोलीले जानकारी दिएको छ ।
अवलोकनमा पाख्रीबास नगरपालिकाका मेयर बिर्ख बहादुर राई, सहिदभूमी गाउँपालिककाका अध्यक्ष मनोज राई र धनकुटा नगरपालिकाका तर्फबाट वडा नं. १० का अध्यक्ष कमल कार्कीको सहभागिता रहेको थियो ।

प्रदेशका तर्फबाट सचिव सागर राई र भौतिक पूर्वाधार मन्त्रालयका प्रमुख रेवतीरवण प्रजापतिको सहभागिता रहेको थियो । अवलोकन पछि सचिव राईले उक्त बाटोलाई प्रदेशले प्राथमिकतामा राखेर काम गर्ने बचन दिएका छन् ।
चालु आर्थिक बर्षका लागि उक्त बाटोको लागि प्रदेश र संघिय सरकारको २ करोड ७५ लाख लगानी रहेको छ । उक्त बाटोको स्तरोन्नती भएमा धनकुटाको मुलघाट,गोपालपुर,छिन्ताङ हुंदै हिलेबजार सम्मको १ सय किमि भन्दा बढी चल्ने यातायातलाई सुबिधा पुग्नेछ ।


