पुराणमा उठेको सामग्री वृद्धाश्रम र बाल उद्ययनलाई वितरण गरियो
धनकुटा खबर, ९ माघ । धनकुटामा भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवमा संकलन भएको खाद्यन्य सामग्री वितरण गरीएको छ ।
असहाय र असक्तको लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मुल नाराका साथ श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्र्तगत १०२ औ महापुराण धनकुटाको नर्वदेश्वर शिवालय मन्दिरमा माघ १ गते बाट सुरु भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवमा उठेको ८ बोरा चामल, २५ केजी पिठो, १२ केजी दाल, ९ लिटर तेल ३० केजी चिनी विश्रान्ती वृद्धाश्रम र श्रीपंचमीमा रहेको बाल उद्यायन लाई वितरण गरीएको पुराण व्यावस्थापन समितीका सदस्य दोर्णप्रसाद गुरागाईले जानकारी दिनु भयो ।

हस्तान्तरण कार्यक्रमा पुराण व्यावस्थापन समितीका संयोजक टिकाप्रसाद घिमिरे, खगेन्द्र आचार्य, घनेन्द्र न्यौपाने, यज्ञप्रसाद आचार्य, नेपालपत्रकार महासंघका धनकुटाका सहसचिव हरिवहादुर लम्जेल, प्रेश यूनियनका सचिव विकास घिमिरे लगायत पुराण व्यावस्थापन समितीका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।


