साँगुरीगढी गाउँपालिकाको ‘मास्टर प्लान’ तयार
धनकुटा खबर । साँगुरीगढी गाउँपालिकाको पर्यटन गुरुयोजना मास्टर प्लानको अन्तिम मस्यौदा प्रश्तुती, छलफल तथा अन्तरक्रिया कार्यक्रममा आज सम्पन्न भएको छ ।
धार्मिक, ऐतिहाशिक र साँस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्येश्यका साथ उक्त गुरुयोजना तयार गरीएको गाउपालिकाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले पर्यटन प्रवद्र्धनका लागी धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक स्थलहरुको पहिचान गरेका हुन् ।
प्रदेश सांसद निरन राईको प्रमुख आतित्थ्यमा सम्पन्न भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा परामर्शदाता इन्टन्सीप स्टडी एण्ड रिसर्च सेन्टर प्रा.लि.काठमाण्डौले पर्यटन पुर्वाधार गुरुयोजना सार्वजनिक गरेको हो । सो अवसरमा परमर्शदाता इन्टन्सीप स्टडी एण्ड रिसर्च सेन्टर प्रा.लि.काठमाण्डौका गुरुयोजना निर्माण समितिका टोली प्रमुख वातवरण विज्ञ राजेश्वर श्रेष्ठले पर्यटनको लागी ४ आ आवश्याक रहेको औल्याएका थिए । उनले पर्यटनलाई आकर्षण, आवाजावत, आवाश र आवशिय सुविधाहरु र रेस्क्यू उद्धार लगायतको पुर्वाधारमा पहिलो प्राथमिकता दिनु पर्ने बताउनुभयो।

त्यसैगरी जलवायु विज्ञ दिवश श्रेष्ठले साँगुरीगढी गाउँपालिकाका पर्यटन गुरुयोजनाको अन्तिम प्रारुप सार्वजानिक गर्दै यो क्षेत्रको विकासका लागि यो गुरुयोजनाले प्रभावकारी भुमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश संसद निरन राइले सागुरीगढीको पर्यटन तथा समग्र विकासका निम्त्ती यो पर्यटन गुरुयोजनाले महोत्वपूर्ण योगदान गर्ने हुदा यसैलाई माध्यम बनाएर अगाडी बढ्न सबैमा आग्रह गर्नुभयो ।
यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा सागुरीगढी गाउपालिकाका प्रमुख कुमारजंग याखा, जिल्ला सममन्वय समितीका सदस्य हरिकुमार राई, प्रमुख प्र्रशासकीय अधिकृत सुवास श्रेष्ठ, होटल एसोसीयशन भेडेटारका निवर्तमान अध्यक्ष लिलाराज लावती ,सागुरीगढी गाउपालिकाका १० ओटै वडाका अध्यक्ष तथा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, सञ्चाकर्मीहरु तथा स्थानीय सरोकार वलाहरुको उपस्थिती रहेको थियो ।


