गाउँघरमा हराउदै खरका छाना !
धनकुटा खबर । आधुनिक प्रविधी, सडक विस्तार, आम्दानीको स्रोत बढ्दै गए पछि गाउँ घरमा जस्तापाताले घर गोठको छानो छाउने चलन बढेसंगै पछिल्लो समय गाउँ घरमा समेत खरले छाना छाउने चलन हराउदै गएको छ ।
छथरगाउँपालिकाका चन्द्रबहादुर लिम्वुले आफुले सधै घर गोठ छाउनका लागि छोड्ने गरेको खरबारीमा खर पाकी सकेको छ तर यो बर्ष उनि खरले घर नछाई जस्तापाताले घरले छाउने योजना बनाएको बताउछन् ।
चन्द्रबहादुर त एक प्रतिनीधी पात्रमात्र हुन अहिले अधिकांश गाउँघरमा खरका छनोको चलन हराउदै गएको छ । उनि भन्छन् खरको छानोभन्दा जस्तापाताको छानो टिकाउ र आगोको जोखिम समेत कम हुने भएकोले जस्तापाताले घर छाउने योजना बनाएको छु ।

अर्का स्थानिय हर्कबहादुर लिम्वुले भने सडक विस्तारले गाउँ घरमै हाडवर्यर पसलले गाउँ घर मै सेवा पुर्याए बैदेशिक रोजगारीले गर्दा आम्दानीको स्रोत पनि बढ्दै गयो त्यसैले जंगलमा गएर खरकाटेर ल्याउनु भन्दा जस्तापाता तर्फ सबैको आकर्षण भयो त्यसैले खरको छाना हराउदै गए ।
पछिल्ले समय खरले घरको छाना छाउन जान्ने मान्छे समेत भेटिन छाडेको स्थानिय बताउछन् । मिलाएर खरले छाना छाउदा ८ देखि १२ बर्ष सम्म टिकाउहुने उनिहरुको भनाई छ ।


