चेतना र प्रविधि अभाबका कारण धनकुटाको ग्रामिण क्षेत्रमा लाखौं मूल्यका बाँस खेर
धनकुटा खबर । धनकुटा जिल्लाका ग्रमिण क्षेत्रमा बाँस जताततै पाईने भए पनि चेतना र प्रविधि अभाबका कारण स्थानिय बासिन्दाले उचित लाभ उठाउन सकेका छैनन् ।
यी क्षेत्रका बासिन्दामा बाँसका विभिन्न सामग्री बनाएर बिक्रि गरि आय आर्जनको राम्रो माध्यम हुन सक्ने कुरामा धेरै लाई जानकारी नै नभएको तथा केहि लाई सो कुराको जानकारी भए पनि सीप र प्रविधिको अभाका कारण यी क्षेत्रमा लाखौं रुपैयाका बाँस खेर गई रहेका छन् ।
बाँस लाई आय आर्जनको माध्यम बनाउन नसक्दा अधिकांस ग्रामिण क्षेत्रका बासिन्दाले दाउराको रुपमा मात्र प्रयोग गर्दै आएका छन् । बाँसको केहि महत्व बुझेकाले पनि परम्परागत सामग्री डोको , डालो, नाङ्लो, मान्द्रो बाहेक केहि बन्दैन भन्ने ठान्ने गरेका छन् ।

बाँसका सामग्री बनाएर आय आर्जन गर्न सकिने कुराको जानकारी नभएकैले आफूले घरायसी प्रयोग गर्ने डोका, डाला मात्र बनाउने गरेको र बढी दाउरा, बारर्बान प्रयोग गर्दै आएको छथरगाउँपालिकाका खङ्ग बहादुर लिम्बुले बताए ।
केहि बर्ष अगाडी सम्म बाँसका सामग्री बनाएर घर खर्च चलाउदै आएका मणीकुमार लिम्बु बजारमा आएका प्लास्टिकका समग्रीले गर्दा पुरानो पेशा संकटमा परेको बताउछन् । उनिहरुका अनुसार ग्रामिण क्षेत्रमा ठूलो सख्यामा रहेका बेरोजगार यूवा लाई सीप र प्रविधि सिकाएर बाँसको सदुपयो गराउने तर्फ सम्बन्धीत निकायले चासो नदिएकै कारण अधिकांस लाई बाँस भन्ने कुरा खेत बारी र्बान र दाउराको लागि लागि मात्र प्रयोग सामग्रीको रुपमा लिने गरेका छन् ।
त्यसले गर्दा सम्बन्धी निकायले तालिमको व्यवस्था गरेर बाँसका सामग्री बनाउन सिकाएमा जिल्लाका ग्रमिण क्षेत्रका यूवाले तथा अन्य व्याक्तिले आयमुलक रोजगारी पाउने थिए की ।


