‘शहिदलाई एक दिन मात्र सम्झिएर हुँदैन’
धनकुटा खबर । शहिदको सम्मान नागरीक र सरकार स्तरबाट समेत हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
शहिद दिवसको अबसरमा निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जन केसीको सहयोगमा धनकुटा शहिद स्मृती प्रतिष्ठानले आयोजना गरेको शहिदको योगदान बिषयक विचार गोष्ठीमा वक्ताहरुले शहिदको सम्मान नागरीक र सरकार स्तर बाट समेत हुन नसकेको बताएका हुन् ।
विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेस धनकुटाका सचिव एवम् धनकुटा शहिद स्मृती प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले शहिदले देखाएको बाटोमा सबे लाग्नु पर्ने बताए ।

त्यस्तै निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसीले शहिदलाई एक दिन मात्र सम्झिएर नहुने धारण राखेका थिए । भने प्रदेश १ की प्रदेश सभा सदस्य एबम् महिला नेत्री लिला सुब्बाले शहिद दिवसको अवसरको सार्वजनीक बिदा समेत कटौती गरेर सरकारले शहिदको अपमान गरेको भन्दै सरकार सोयम शहिदको सम्मान गर्न लाई कन्जुसाई गरि रहेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीके उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सचिव जयन्द्र प्रधानले गरेका थिए भने कार्यक्रमको संञ्चालन सदस्य सुमना तिम्सिनाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कार्यवहाक अध्यक्ष केजी सुब्बाको अध्यक्षतामा भएको थियो ।


