गाली गरेर संवृद्धि आउदैन : नेता पौडेल
धनकुटा खबर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कसै लाई प्रधानमन्त्रीले गालि गररे संवृद्धि नआउने बताएका छन् ।
नेपाल प्रस यूनियन धनकुटाको नवौ अधिवेनश बाट निर्वाचित भएको नयाँ कार्यमितीको पद हस्तान्तरण कार्यक्रमा नेता पौडेले यस्तो बताउका हुन् ।
दुई तिहाईमत प्राप्त गरेको सरकार विकास र सुशासन कायम गर्न तर्फ नलागी कांग्रेस, बुद्धिजीवी, पत्रकार, कर्मचारी लाई गाली गरेर समय विताई रहेको छ भन्नु भयो । वली सरकार भ्रष्टाचार, घुसघोरी, गर्न माहिर देखिएको भन्दै नेता पौडेले शान्ति सुरक्षा कायम गर्न सरकार पुर्ण रुपले असफल भएको बताएका छन् ।

वली मोदीको चाकडीमा लागेको देख्दा आफू आश्चर्य भएको भन्दै संसद लाई ढाट्ने मन्त्री लाई समेत सरकार बाट नहटाईनु दुखद भएको बताए ३३ किलो सुनको प्रकरण र निर्मलाका हत्यारा लाई कारबाही गर्दा सरकार हलिने भएकोले सरकार दोषी लाई कारबाही गर्न नचाएको समेत आरोप लगाए ।
फरक प्रसंगमा बोल्दै नेता पौडेलले कांग्रेसले अब जनताको घर दैलोमा पुगेर सरकारका खराब कामको जानकारी जनता लाई गराउनु पर्ने समेत भनाई राखेका थिए ।


