बाल पुर्नस्थापना केन्द्र धनकुटाका बालबालिकालाई सहयोग
धनकुटा खबर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले धनकुटा नगरपालिकाको श्रीपंचमी पार्कमा रेहेको बाल पुर्नस्थापना केन्द्रका बालबालिकालाई सहयोग गरेको छ ।
जिल्ला शाखाले १५ वटा कमल र १५ वटा कोट आश्रित बालवालिका लाई वितरण गरेको हो । वि.स २०६४ सालमा स्थापना भएको यस पुर्नस्थापना केन्द्रिमा झापा, भोजपुर र धनकुटाका गरी १५ जना वालवालिका आश्रित रहेको बाल पुर्नस्थापना केन्द्रका कोषध्यक्ष घनेन्द्र न्यौपानेले जानकारी दिए ।
आर्थिक समस्याको सामना गरी रहेकोले केन्द्रलाई अन्य निकायबाट समेत सहयोगको अपेक्षा राखेको न्यौपानेले बताए । वितरण कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापती नरेन्द्र पोख्रेल , मन्त्री हरि कुमार राई कोषाध्यक्ष छत्र श्रेष्ठ र पुर्नस्थापना केन्द्रका संरक्षक गोपाल गुरागाई , कोषाध्यक्ष घनेन्द्र न्यौपाले लगायतको उपस्थिती रहेको थियो ।



