तीन दिनदेखी वेप’त्ता पाख्रीवास धनकुटाका ३ वालकलाई परिवारको जिम्मा लगाईयो
धनकुटा खबर । तीन दिनदेखी वेपत्ता धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ६ का तीन जना वालकहरुलाई आज प्रहरी र जनप्रतिनीधिको टोलिले परिवारको जिम्ममा लगाएको छ ।
पाख्रीवास ३ का १३ वर्षका लकेश तामाङ, सोही वडाका १४ वर्षका रमेश विक र वडा नं ६ का १५ वर्षका लोक वहादुर कार्कीलाई ईलाका प्रहरी कार्यलय पाख्रीवासका असई प्रेम वहादुर कार्की,प्रहरी जवान लिलाराज सुवेदी र पाख्रीवास ४ नं वडाध्यक्ष शोवित निरौला सहितको टोलिले ल्याएर परिवारको जिम्मा लगाएको हो ।

जिल्लाकै छथरजोपाटी गाउँपालिकाको जोरपाटी होटलमा उनीहरु भेटीएपछि ईलाका प्रहरी कार्यलय पाख्रीवासका प्रहरी र वडाध्यक्ष सहितको टोलिले उाीहरुलाई ल्याएको हो । आफ्ना वच्चाहरु घरवाट हराएपछि परिवारले खोजतलासका लागि प्रहरीलाई खवर गरेका थिए ।
ती वालकहरुले आफुहरु कामको खोजीमा वाहिर हिडेको वताएको ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो । उनीहरु होटलमा वसिरहेको वेला जोपाटी गाउँपालिकाका उपप्रमुख भीमकला श्रेष्ठले भेटेपछि पाख्रीवास नगरपालिका उपप्रमुख देवकला पौडेल तिम्सिनालाई खवर गर्नुभएको थियो । त्यसपछि प्रहरी र वडाध्यक्ष सम्म जानकारी आएपछि उनीहरुलाई आज घर फर्क्र्याईएको हो ।


