यसरी खस्किँदैछ नेपाल एयरलाइन्सको विश्वसनीयता

काठमाडौं, भदौ २७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन।

बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई स्थानमा मात्र सफल भएको छ।

उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो।

अरू सबै उडान रद्द गरिएका थिए। धनगढी जाने ५२, उताबाट काठमाडौं आउने ४० र दाङ जाने २४ यात्रु एनएको उडान र’द्द भएपछि विकल्प खोज्न बाध्य भएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

अहिले अन्तर्राष्ट्रिय उडानका लागि भनिएका चार र घरेलु उडानका लागि प्रयोगमा ल्याइएका आठ गरी कुल १२ विमान नेपाल वायु सेवा निगमसँग छन्।

‘डोमेस्टिक उडानमा रहेका मध्ये १९ सिट क्षमता (वाई १२ ई) का चारमध्ये दुई ग्राउन्डेड छन्, ५८ सिट क्षमता (एमए ६०) का दुईमध्ये एक ग्राउन्डेड छन्, अरू चलिरहेका छन्’, नेपाल वायु सेवा निगमका सहप्रवक्ता सुलेख मिश्रले भने– ‘क्यानेडियन दुईवटा ट्युनेटरमध्ये एउटा लामो समयदेखि ग्राउन्डेड छ भने अर्को चालु अवस्थामा छ।’

प्राविधिक खराबीका कारण लामो समयदेखि थन्किएर बसेका विमान समयमै मर्मत गर्न नसकिएको समस्यालाई नेपाल वायु सेवाले पनि महसुस गरेको छ।

‘तीन वर्ष अघिदेखि ग्राउन्डेड क्यानेडियन ट्युनेटरका कारण हामी पनि चिन्तित छौं, यसका लागि क्यानेडेली इन्जिनियर नै आउनुपर्छ, घरिघरि मिति सारिरहन्छन्, हाम्रो नियमअनुसार नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना हरेक चरणका प्रक्रिया हामी अघिबढाउन सक्तैनौं’ –सहप्रवक्ता मिश्रले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।