धनकुटाका अधिकांश स्थानमा बर्षा, किसान हर्षित
धनकुटा खबर । भदौको अन्तिम साता भएको बर्षाले किसानलाई राहत मिलेको छ ।
धनकुटाका अधिकांश स्थानमा बर्षा भए पछि हिउँदे बालि राम्रो हुने भएकाले यो बर्षाले ठुलो राहत भएको धनकुटा नगरपालिका कृषक रमेश राई बताए । उनले भने सुक्न थालेको हिउँदे बालि भटमास, कोदो, सिवि, मास लगाएतको बालि लाई फाइदा भएको छ ।
समयमा बर्षा नहुदाँ मकै बालि सखाप भएका किसान लाई यो बर्षाले राहत भएको अर्का कृषक गोपाल राई बताउछन् मकै उत्पादन आधा घट्यो तर यो समयको बर्षाले हिउदे बालि राम्रो हुन्छ भन्ने आश छ । यो बर्षाले सिंचाई सुविधा नभएको र आकासे पानीको भरमा धान खेति गर्ने किसान लाई पनि राहत भएको किसान बताउछन् ।


