‘ज्ञानेन्द्रसँग उठाउनुपर्ने सबै पैसा उठाउँछु, नतिरे कारवाही’ : मन्त्री भट्टराई (भिडियो सहित)

काठमाडौं, ३० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफूहरु जनताको सेवक भएकोले जनतासँग डराउने भएपनि मण्डलेहरुसँग नडराउने कडा प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी मण्डलेसँग भाग्दैनौं । तर, जनतासँग डराउँछौं । जनताका आलोचना सुन्छौं ।’ आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छनमा’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भट्टराईले आक्रोश पोख्दै भने,‘मण्डलेसँग हामी किन सचेत हुने ? को हो मण्डले ? भुतप्रेतहरु, प्रतिगामीहरु, को हुन उनीहरु ? यही मण्डलेका नाईकेहरु, पढेलखेका भन्नेहरुको स्तर नै देखियो त । तिनै मण्डलेहरुले प्रयोग गरेको जहाजको पैसा नतिरेर झण्डै झण्डै पाँच करोड क्याँस, र आजको दिनमा ब्याजमा ढाल्नुभयो भने राजा महाराजाहरुले चढेको जहाजको पैसा नतिरेर हाम्रो एयरलाईन्सको डुबिरहेको छ । त्यो पैसा उठाउन म आएको हुँ ।’

उनले सरकारले तिर्ने कि उनीहरुको जाहेजेथोबाट उठाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको सुनाए । नेपाल वायुसेवा निगमलाई सु्धार गर्नको लागि आफूहरुले उच्चस्तरीय आयोग गठन गरेको सुनाउँदै असाजे १ गते प्रतिवेदन आउने पनि उनले जनाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖