देशकै नमूना मालपोत कार्यालय कलंकीबाट घु’ससहित नासु र खरिदार प’क्राउ
काठमाडौं, भदौ ३१ । भ्र’ष्टाचार अन्त्य गर्ने र जनतालाई सुलभ सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषणा गरे पनि कलंकी मालपोतमा अनियमितता रोकिएको छैन।
लेखापढी व्यवसायीमार्फत् र सिधै सेवाग्रहीबाट घु’स लिएको आ’रोपमा केही दिनअघि प’क्राउ परेका नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरी सुवेदीलाई अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगले सोमबार विशेष अदालतमा मु’द्दा चलाएको छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।
उनीहरुसँगै लेखापढी व्यवसायीहरु विश्वम्भर मैनाली, इन्द्रवती खत्री र तुलसीप्रसाद नेपाल तथा घु’स दिने सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मु’द्दा चलाइएको छ।
नासु पोख्रेलले काम गरिदिएबापत अन्य कर्मचारीलाई समेत रकम दिनुपर्ने, नभए काम ढिला हुने भन्दै लेखापढी व्यवसायी मैनाली र खत्रीसँग दुई हजार रुपैयाँ घु’स लिएका थिए।


