सर्वोच्चले खोल्यो चर्चित न’क्कली भ्याट बिल प्र’करणको फाइल
काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले करिब एक दशकअघिको चर्चित न’क्कली भ्याट बिल प्र’करणमा मुछिएका कम्पनीहरूको कर वि’वादसम्बन्धी मु’द्दाको फाइल खोलेको छ।
त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मु’द्दामा सुनु’वाइ सुरु भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानासहितको इजलासले करिब डेढ दर्जन मु’द्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्दै’ मा राखेको छ। यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।
भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिजन, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मु’द्दाको सुनुवाइ थालेको हो । यिनीहरू मुख्य रूपमा आयकर र मूल्य अभिवृद्धि करको विवादमा मुछिएका छन्।
गत वर्ष तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र उनीपछिका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नक्कली भ्याट बिलका मु’द्दालाई हतारमा टुंग्याउन खोजेका थिए। त्यतिबेला महान्यायाधिवक्ता कार्यालयको अनौपचारिक छलफलले बारम्बार मु’द्दा स्थगित गर्न निवेदन दिएपछि तत्कालीन नेतृत्वको रणनीति सफल भएको थिएन।
नक्कली भ्याट बिल प्र’करणमा यी मु’द्दा सर्वोच्च अदालत प्रवेश गरेका सुरुवाती फाइल भएका कारण यिनीहरूबाट तय हुने न्यायिक दृष्टिकोण भ्याट बिलका यस्तै दर्जनौं मु’द्दामा मार्गदर्शक हुनेछन्। भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि नक्कली बिल बनाई आयकर छलेको आरोप छ।


