आफ्नो सानो स्वार्थ पूरा गर्न होनहार योग्य नेतालाई अघि सार्न सक्नु भएन भने सिंगो देश पछि पर्छ !

काठमाडौं : नेपालको एउटा सानो राजनीतिक दल विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाले आफ्नो दलको आगामी अधिवेशनमा आँफू अध्यक्षको रुपमा उमेद्वारी नदिने घोषणा गरेका छन् । विवेकशील नेपाली दल तुलनात्म क रुपमा ठूलो दल होइन, एउटा सानो दल हो । तर, जति सानो दल भएपनि यो निर्णय बहुत ठूलो निर्णय हो ।

उमेरका हिसाबले पनि उज्वल थापा ५० बर्ष काटेका पनि छैनन् होला । न यो दलले कतै प्रत्यक्ष चुनाव जितेको छ, न त यो दलबाट प्रत्यक्ष निर्वा चित प्रतिनिधि नै सांसदको रुपमा संसद पसेका छन् । राजनीतिक संस्कारको यो उदाहरण नेपाली राजनीतिका लागि चानचुने कुरा होइन । मृत्यु शैयामा पुग्दा पनि पद नछोड्ने राजनीतिक संस्कार भएको मुलुकमा विवेकशील नेपाली दलका संस्थापक अध्यक्षको यो निर्णय अत्यन्तै तारिफ योग्य छ ।

अन्य राजनीतिक दलले यस्तो निर्णय गरेको मिनेटभित्र जनतामा उत्साह छाउँछ। यो मुलुकमा बिकास नभएको भन्दा पनि उही टेस्टेड नेताहरुको अनुहार, आचरणले गर्दा मासिनमा उत्साह घटेको छ, भन्दा फरक नपर्ला । एक पटक प्रधानमन्त्री भैसकेको व्यक्तिलाई जनताले चिनिसकेका हुन्छन् । उसको कार्यशैली, भिजन, इमान्दारीबारे थाहा पाउन आम मानिसलाई २÷४ महिना पनि लाग्दैन ।

तर उही व्यक्ति बारम्बार देशको कार्यकारी पदमा पुग्दा मानिसले पाउने भनेको निराशा मात्रै हो । एक पटक पार्टी अध्यक्ष वा सभापति भैसकेपछि, एकपटक प्रधानमन्त्री नै भैसकेपछि फेरि पनि उनैको सम्भावना देखिदा मुलुकमा अचम्मै हुन्छ भनेर मान्न सकिदैन । कोही अपवाद् होलान, यो बेग्लै कुरा हो । हरेक राजनीतिक दलमा पूराना भन्दा नयाँ पुस्ताका मानिसहरु आशा लाग्दा देखिएका छन् ।

प्रत्येक राजनीतिक दलका कार्यकर्ता साथी हरुलाई एउटा बिनम्र अनुरोध गर्छु । तपाईहरु यो माटो छोएर, आँफूलाई जन्म दिने आमा बाबुलाई सम्झेर आँफूले जन्माएका छोरा छोरीको शिरमा हात राखेर एउटा लिष्ट बनाउनुस् । मैले सदस्यता लिएको वा मैले आस्था राखेको दलका इमान्दार, भिजनरी, प्रतिबद्धता, गर्व गर्न लायक, क्षमतावान् र यो मुलुकलाई परिवर्तन गर्न सक्ने नेताहरु यी–यी हुन् । धेरै पर्दैन, जम्मा २ देखि ३ जनाको लिष्ट बनाउनुस् ।

तपाईले यो माटो, आफ्ना बा–आमा र आँफूले जन्माएको सन्तान सम्झेर निःश्वार्थी भई बना एको लिष्टमा तपाईको दलका अहिलेका शीर्ष नेता पर्छन्, कि होनहार युवा नेताहरु पर्छन् ? यसको जवाफ आँफैसँग राख्नु होला । केही फाइदाका लागि पावरमै भएकालाई मान्नुको विकल्प छैन, तर तपाईलाई आज काम लागेको नेता भोलि तपाईका छोराछोरीलाई काम नलाग्न सक्छन् ।

तर देशलाई काम लाग्ने नेतालाई आफ्नो प्रमुख नेता बनाउनुभयो भने त हाम्रा सन्तानले तपाइले र मैले जस्तो कुनै नेता चिन्नै पर्दैन नि! आज आफ्नो सानो स्वार्थ पूरा गर्न होनहार योग्य नेतालाई अघि सार्न सक्नुभएन भने सिंगो देश पछि पर्छ। र, एक माघले जाडो जाँदैन । यो दल, उ दलको कुरा होइन प्रायः सबै प्रमुख दलको प्राथमिकता हेर्नुस् त ।

वा, अंकल नेताहरु यो देशको विकराल समस्यालाई वास्तै नगरी पार्टीभित्र आफ्नो पोजिसन बनाउन झिसमिसेदेखि मध्य रातसम्म मिटिङका मिटिङ गर्छन् । यदि यी नेतागणलाई आफ्नो पोजिसनलाई प्राथमिकता दिन जरुरी नभएको भए कुनै ठेकेदारले बर्षौसम्म बाटो नबनाएर अलपत्र पार्ने हिम्मत गथ्र्यो ? सजाय त कहाँ हो कहाँ पुरस्कार स्वरुप ठेक्कामाथि ठेक्का पाउँथ्यो ? २५ बर्षसम्म मेलम्ची अलपत्र पथ्र्यो ?

१२ बर्षदेखि हुलाकी राजमार्ग अड्किन्थ्यो ? सिक्टा सिँचाई १५ बर्षदेखि अनिश्चित हुन्थ्यो ? भेरी बबई डाइर्सन, मध्येपहाडी लोकमार्ग, कर्णाली करिडोर सबका सब अड्किन्थे ? एक पटक मन्त्री प्रधान मन्त्री भइ सकेका नेतालाई फेरि प्रधानमन्त्री, मन्त्री बन्ने च्यानल मिलाउँदै फुर्सद छैन । अध्यक्ष, सभापति, महासचिव, बनिसकेका लागि फेरि पार्टी प्रमुख नै बन्नु छ । गनेरै नभ्याउने गरी मन्त्री बनिसकेकाका लागि फेरि जसरी पनि सके प्रधानमन्त्री नसके मालदार मन्त्रालयको मन्त्री नै बन्नु छ ।

अनि अपर तामाकोशी, कालीगण्डकी करिडोर, काठमाडौं तराई द्रुतमार्ग त के, बौद्ध– जोरपाटी, भक्तपुर–नगरकोटमा बाटो पिच हुन समेत १० आँै बर्ष लाग्छ। त्यसैले बरु टेस्ट भैसकेका प्रत्येक दलका टप १० नेता गणलाई उहाँहरुले यो देशका लागि गर्नुभएको त्याग, बलिदान र योगदानको उच्च कदर गर्दै स–सम्मान १० बर्षका लागि आराम गर्न उहाँलाई मनपर्ने अर्को देशमा स–सम्मान घुम्न, रिल्याक्स गर्न पठाइदिउँ ।

उहाँहरुकै दलका अर्काे पुस्ताका नेताहरुले उहाँहरु फर्किदासम्म यो देशलाई उहाँहरु घुम्न गएको देशको हाराहारीमा पु¥याउन सक्छन् भन्नेमा म त विश्वस्त छु। विवेकशील दलको आइडोलोजी, एजेण्डा त्यस दलका अध्यक्षको योग्यता, क्षमता बारे थाहा छैन र वर्णन गर्न खोजेको पनि होइन तर यस दलका अध्यक्षले लिएको जस्तो निर्णय लिन सक्ने अर्को दल छ त हाम्रो नेपालमा ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖