दूधको मूल्य ६ रुपैयाँ बढेको भए पनि बजारमा यसरी हुँदैछ ठ’गी

काठमाडौं, असोज १ । किसानले दूधको मूल्य न’पाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुना’सोपछि सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस ग¥यो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास संस्थान (डीडीसी) ले पनि भदौ २१ गतेदेखि मूल्य बढाउने निर्णय ग¥यो। डीडीसीले प्रशोधित दूध (प्याकेट) आधा लिटरको ३ रुपैयाँ बढाए पनि बजारमा भने ५ रुपैयाँ थपेर बिक्री भइरहेको छ। यो खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका हुन्।

मूल्यवृद्धि गर्नुअघि प्याकेट दूध (आधा लिटर) को मूल्य ३५ रुपैयाँ थियो। डीडीसीले ३५ रुपैयाँबाट ३ रुपैयाँ बढाएर ३८ रुपैयाँ पु¥यायो। केही खुद्रा व्यापारीले भने ४० रुपैयाँमा बिक्री गरिरहेको छ।

‘सरकारले तोकेको रेटमा २ रुपैयाँ बढाएर बिक्री भएको छ। एक लिटर खरिद गर्दा उपभोक्ता थप ४ रुपैयाँ तिर्न बा’ध्य छन्,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यो सरासर ठ’गी हो। कृषि मन्त्रालय र डीडीसीका कारण उपभोक्ताहरू मूल्यसँगै गुणस्तरमा पनि ठ’गिएका छन्।’ सरकारले एक लिटरमा ६ रुपैयाँ बढाए पनि उपभोक्ता १० रुपैयाँ तिर्न बाध्य छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।