सोझा र इमानदार भनिएका चित्रबहादुर केसीले गरे ग’म्भीर अ’पराध, पाँच वर्ष कै’द हुन सक्ने!
काठमाडौं, असोज २ । सोझो र इमान्दार छबि बनाएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पदको दु’रुपयोग गर्दै ग’म्भीर अ’पराध गरेका छन्।
आजको शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेको समाचार अनुसार केसीको अ’पराध हो, आफ्ना दुई नातिका बाबु आमा नै परिवर्तन गरिदिने।
तीन पटक सांसद भएका उनले आफू संविधानसभाको सभासद भएको बेलामा का’नुन छ’लेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिनलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाइदिएका हुन्। यो अ’पराध हो, ०६७ माघ ५ गतेको। सोही दिन प्रशासनले पत्तै नपाई चित्रबहादुरका जेठा छोरा सचिन तर्फका दुई छोरा कान्छा छोरा विष्णुतर्फका सन्तानमा परिणत भए।
झु’टो विवरणको आधारमा सचित र सचिनको बाबु आमा नै बदल्न चित्रबहादुर आफैँ खटिएका थिए। त्यो बेलामा सचितको उमेर १२ र सचिन ६ वर्षका थिए। गैर’कानुनी रुपमा दुई बालकको आमा बाबु नै बद’लिनुको कारण देखियो, जापान मोह।
चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन्। चित्रबहादुरले दुई नातीलाई जापान पठाउने मोहकै कारण उनीहरुका आमाबाबु नै बदलिएको हो। जनमोर्चाकी प्रवक्ता तथा सांसद दुर्गा पौडेलले यो ठूलो इस्यु नभएको दाबी गरेकी छन्। तर, अधिवक्ता स्वीकृति बरालका अनुसार नाबालिग प्रमाणपत्र नागरिकता समान हो।
चित्रबहादुरबाट भएको कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने देखिन्छ।
सो दफाअनुसार कसैले नेपाली नागकिरताको झु’टो वा कि’र्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कै’द वा बीस हजारदेखि एक लाखसम्म ज’रिबाना वा दुबै स’जाय हुने प्रावधान छ।


