स्थानीय तहमा चरम बे’थितिः जनप्रतिनिधिले नगद बुझे, तर सुट लि’लामीमा !

काठमाडौं, असोज २ । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ ।

बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका खबर आजको नयाँ पत्रिका दैनिकमा सिरहाबाट सुरेन्द्रकुमार कामतीले लेखेका छन्।

दसैँसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लि’लामीमा चढाएका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन् ।

सुट सिलाउन उधारोमा कपडा दिने गुरुशरण साधुशरण वस्त्रालयका मालिक लक्ष्मण साह भने पैसा फस्ने चिन्तामा छन् ।

उनका अनुसार नगरपालिकाले ३६ पुरुष जनप्रतिनिधि र मेयरका चालकका लागि कोट, पाइन्ट र सर्टको कपडा तथा २३ महिला जनप्रतिनिधिका लागि कोटको कपडा उधारोमा लगेको छ । सुटको कपडा डोनियर ब्रान्डको हो ।

मेयर गंगा पासमानको वचन हा’र्न नसकेर उधारो दिएको उनले बताए । उ’धारो रकमबारे भने उनी बोल्न चाहँदैनन् ।

कपडा उ’धारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए ।

तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत लि’लामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् ।

पसलको ह्यांगरमा झुन्ड्याइएका कोटमा सम्बन्धित जनप्रतिनिधिको नामसहितको ट्याग लगाइएको छ । दसैंसम्म लिन आएनन् भने बढीभन्दा बढी जति पैसा पाइन्छ त्यतिमा क्रमशः बेच्दै गएर आफ्नो रकम उठाउने मण्डलले बताए ।

मेयरसहित पाँच जनाले लगे, ३५ जनाको सुट अझै सिलाइ सेन्टरमै
पुरुष जनप्रतिनिधिका लागि कोट, पाइन्ट र सर्ट तथा महिला जनप्रतिनिधिका लागि कोट, सारी र ब्लाउज दिने निर्णय गरेर मेयर गंगा पासमानकै अग्रसरतामा गत चैतमा जनप्रतिनिधिको सुटका लागि कपडा खरिद गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।