शिक्षक नियुक्ति गर्दा २४ लाख घु’स

काठमाडौं, असोज २ । अ’ख्तियार दुरु’पयोग अ’नुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियावि’रुद्ध १० वटा मु’द्दा दायर गरेको छ।

चौरसियाले घु’स लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अ’ख्तियारको छ। चौरसिया पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

अ’ख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कुसरमा दसवटा मु’द्दा चलाइएको जानकारी दिए। अ’ख्तियारले बुधबार विशेष अ’दालतमा भ्र’ष्टाचारका १४ मु’द्दा दर्ता गरेको छ।

चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको दाबी अख्तियारको छ। अ’ख्तियारका अनुसार चौरसियाले शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घु’स लिएका छन्।

उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घु’स लिएको अ’ख्तियारको अनु’सन्धानबाट खुलेको छ।

चौरसियाले दुई लाख घु’स लिई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अ’ख्तियारको आ’रोपपत्रमा उल्लेख छ।

गल’त तथा न’क्कली कागजातका आधारमा राहत शिक्षकमा नियुक्त भई कुर्मीले तलबभत्ताबापत ४ लाख २६ हजार ५६० बुझेका छन्। चौरसिया र कुर्मीविरुद्ध घु’सको दुई लाख र तलबको ४ लाख २६ हजार ५६० सहित ६ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसादवि’रुद्ध भुक्तानी दिलाउने मतियार बनेको आ’रोपमा ४ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ। म’दरसामा शिक्षक नियुक्तिमा चौरसियासहित ३ जनाविरुद्ध अर्को मु’द्दा दायर गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖