काठमाडौंमा प’क्राउ परेका अमेरिकी मो’स्ट वा’न्टेडलाई लान विमान चार्टर
काठमाडौं, असोज ३ । नेपालमा प’क्राउ परेका मो’स्ट वा’न्टेड यौ’न दुरा’चारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ।
चालक दलका सदस्यबाहेक यूएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।
अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ। प्रेमिकाको ना’बालिका छोरीमाथि यौ’न दु’व्र्यवहार गरेर नाथन फ’रार भएका थिए।


