विप्लवको छोरोले नेतृत्व गरेको आ’न्दोलनबारे बोल्यो त्रिवि

चितवन– त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीको मनपरी शुल्क लिएको आ’रोप लागेको चितवन मेडिकल कलेज एन्ड साइन्सेज भरतपुलाई विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता दिन निर्देशन दिएको छ ।

विद्यार्थीहरुले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै निरन्तर आ’न्दोलन गर्दै आएपछि त्रिविले यस्तो निर्देशन दिएको हो ।
त्रिविबाट शुक्रबार जारी विज्ञप्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीको शिक्षण शुल्क गत भदौ २८ मा बसेको मन्त्रिपरिषद् बैठकले तोकेकोमा सो भन्दा बढी शुल्क लिन न’पाइने जनाइएको छ ।

विद्यार्थीहरुले राखेको मागको सम्बन्धमा कलेज सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवाद गरी शुल्क बढी लिएकोभए फिर्ता दिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

त्रिविले विद्यार्थीको पठनपाठन र जनताले स्वा’स्थ्य उ’पचार गर्ने अस्पताल जस्तो सं’वेदनशील स्थानमा बा’धा अ’वरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन पनि सबैसँग अनुरोध गरेको छ । चितवन मेडिकल कलेजमा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशको नेतृत्वमा आ’न्दोलन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।