चितवन मेडिकल कलेजले फिर्ता गर्नेभयो विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क

काठमाडौं, असोज ५ । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज प्रशासन सहमत भएपछि एक महिनादेखि जारी विद्यार्थी आ’न्दोलन स्थगि’त भएको छ।

पोखरास्थित गण्डकी मेडिकल कलेजमा भने कुनै निर्णय नभएकाले आ’न्दोलन जारी छ।

यो खबर आजको कान्तिपुर दैनिकमा चितवनबाट रमेशकुमार पौडेलले लेखेका छन्।

कलेज प्रशासन, विद्यार्थी र अभिभावकहरुबीच चितवन जिल्ला प्रशासन कार्यालयमा शनिबार दिनभर भएको वार्तामा सहमति जुटेको हो । कलेज प्रशासनले प्रतिबद्धता जनाएसँगै कलेजमा सञ्चालन भएको झण्डै एक महिने आ’न्दोलनपनि फिर्ता भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्व पक्षीय वार्ताबाट पाँच बुँदे सहमति जुटेको जानकारी दिए। ‘चितवन मेडिकल कलेजले ३० कार्य दिन अर्थात् आउँदो कात्तिक १८ गतेभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार तथा आईओएमले तोकेभन्दा लिएको बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता व्यक्त भएको छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने।

चितवन मेडिकल कलेजमा भदौ ५ गतेदेखि नै आ’न्दोलन सुरु भएर पठनपाठन प्र’भावित भएको थियो। भदौ १५ गतेदेखि विद्यार्थीले सडक सं’घर्ष नै सुरु गरेका थिए।

सडक सं’डघर्ष च’र्कदै गएपछि मेडिकल कलेज प्रशासनले नै भदौ २७ मा सूचना निकालेर सबै शैक्षिक कार्यक्रम ब’न्द भएको जानकारी गराएको थियो। प्रशासन कार्यालयमा भएको वार्तामा आइतबारबाट विद्यार्थीका सबै कार्यक्रम स्थ’गित गरी पढाइ सुरु गर्ने सहमति भएको छ।

आ’न्दोलनरत विद्यार्थीले कलेजले तोकेभन्दा पाँच लाखदेखि २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको बताउँदै आएका छन्।

कलेज प्रशासनले भने एमबीबीएसमा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको स्वीकार गरेको छ। सरकारले तोकेको शिक्षण शुल्कमा कुनैपनि अतिरिक्त शुल्क नलिए पनि अन्य खर्चका लागि थप शुल्क लिएको कलेज प्रशासनको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।