शाही सेनाबाट वि’द्रोह गर्ने ल’डाकुलाई को’र्टमार्सलः पूर्व माओवादी नेताहरु भने मौन !
काठमाडौं, असोज ५ । तत्कालिन शाही सेनाबाट वि’द्रोह गर्न सैनिक जवानलाई उकास्ने तत्कालिन माओवादी नेताहरु त्यस्ता सिपाहीलाई अहिले नेपाली सेनाले प’क्राउ गरी धमाधम को’र्टमार्सल गर्दा मौन छन्।
माओवादी नेताहरुकै आह्वानमा ३० साउन ०६३ मा तत्कालिन शाही नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत जवान विक्रमबहादुर गुरुङ एक थान रा’इफल, म्याग्जिन ५ वटा र ४ सय ५० रा’उण्ड गो’लीसहित माओवादी ल’डाकुको सम्पर्कमा पुगे।
माओवादीले यस घटनालाई मसलाका रुपमा मजैले प्रचार गर्यो।यसबेला परिस्थिति बेग्लै छ। शीर्ष नेताहरुको आग्रहमा तत्कालिन शाही नेपाली सेनाबाट बि’द्रोह गरी माओवादीमा पुगेका गुरुङसहितका पात्रलाई नेपाली सेनाले खोजीनिति गर्दै जे’लमा कोच्न थालेको छ।
सैनिक समरी जनरल अ’दालतले तिनै बिक्रमबहादुर गुरुङलाई ७ साउन ०७६ बाट लागू हुनेगरी १० वर्ष कै’दको फैसला गरेको छ। माधव बस्नेतले नेपाल साप्ताहिकमा लेखेका समाचार अनुसार गुरुङलाई गरेको फै’सलाको क’सुर विवरणमा उल्लेख छ, ‘हा’तहतियार तथा गो’लीगठ्ठासहित भ’गौडा परी तत्कालिन माओवादीलाई बुझाएको।’
तर, माओवादी नेताहरु भने यस्ता घटनामा यतिबेला मौन प्रायः छन्।गुरुङ ह’तियारसहित माओवादीमा सामेल भएको ३ महिना बित्दा नबित्दै ५ मंसिर ०६३ मा तत्कालिन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो।
ल’डाकुहरु त्यही दिनबाट ७ मुख्य र २१ सहायक गरी २८ वटा शिविरमा बस्न थाले। उनी चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा सेक्सन कमान्डरका रुपमा भित्रिए।
०७१ मा लडाकुहरु नेपाली सेनामा समायोजन भए। गुरुङले स्वैच्छिक अवकास रोजे। यसपछि उनी कतार हान्निए। त्यहाँबाट फर्किएपछि काठमाडौँको कलंकीमा सानोतिनो व्यवसाय चलाएर परिवारको गुजारा धानिरहेका थिए।
यतिबेला भने गुरुङ जे’ल सजाय भोगिरहेका छन्। गुरुङको जस्तै नियति मोरङ सिद्राहाका झलकुमार भगत पनि भोगिरहेका छन्।


