चौबिसे गापाको संयुक्त माबिका प्रधानाध्यापक लिम्वु सहित तीन शिक्षकलाई यसरी गरियो विदाई

धनकुटा खबर, असोज ५ । चौविसे गाउँपालिका मुढेवास धनकुटाको संयुक्त माद्यमिक विद्यालयका प्रधानाध्यापक वीर वहादुर लिम्वु सहित तीन जना शिक्षकलाई आज विदाई गरिएको छ । विदाई गरिएका अन्य शिक्षकहरुमा दूर्गा काफ्ले र उमा आलेमगर रहनुभएको छ ।

संयुक्त माविमा ३९ वर्ष ८ महिना ९ दिन सेवारत प्रधानाध्यापक लिम्वु, २१ वर्ष ४ महिना सेवा गर्नुभएका शिक्षक काफ्ले र २०६६ भदौ ६ गतेवाट काम गर्नुभएका शिक्षक मगरलाई विदालयले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

चौविसे गाउँपालिका २ का वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक तथा वुद्धीजीविको तर्फवाट दिल वहादुर लिम्वु र सञ्च वहादुर मादी शिक्षक अभिभावक संघका अध्यक्ष दूर्गा प्रसाद खतिवडा लगायतले मन्तव्य राख्नुभएको अभिभावक शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

सेवावाट अवकास पाई विदाई हुनुभएका प्रधानाध्यापक लिम्वुले कार्यक्रममा वोल्दै शैक्षिक क्षेत्रको गुणस्तर वृद्धी गर्दै विद्यार्थीहरुलाई प्राविधिक शिक्षा तर्फ उन्मुख गराउनु पर्नेमा जोड दिनुभयो । उहाँ आफुले त्यस विद्यालयमा तीन पुस्तालाई पढाउन पाएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सह प्रधानाध्यापक मान वहादुर वस्नेतले राख्नुभएको थियो भने सञ्चालन शिक्षक पार्वता पौडेलले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।