काठमाडौंमा सुत्केरी बिदा नदिने प्रधानाध्यापक प’क्राउ
काठमाडौं, असोज ६ । काठमाडौं असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिएको घटनाका आ’रोपित प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले प’क्राउ गरेको छ।
अर्यालको उ’जुरीपछि टेकुको महानगरीय प्रहरी परिसरले केसीलाई नि’यन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए। उजुरी दिएको १५ दिनेपछि केसी प’क्राउ परेका हुन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
विद्यालयबाट बिदा स्वकृत नहुँदा सं’वेदनशील अवस्थामा पनि विद्यालय आउजाउ गर्नुपरेको थियो। केसीले मानवीय सं’वेदना नदेखाएकै का’रण गर्भमै रहेको शिशुको मृ’त्यु भएको भन्दै अर्यालले भदौ २२ गते प्रहरीमा उ’जुरी दिएकी थिइन्।


