श्री एअरलाइन्सले ८५ वर्षभन्दा माथिका नागरिकसँग ५ सय रुपैयाँ मात्र लिने

काठमाण्डौ – श्री एअरलाइन्सले दशैँ तिहार तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गरेको छ ।श्री एअरलाइन्सले असोज १२ गते घटस्थापनादेखि आन्तरिक उडानमा ८५ वर्ष पुगेका नेपाली नागरिकलाई पाँच सय रुपैयाँमा हवाई यात्रा गराउने जानकारी दिएको छ । एअरलाइन्सले बाँकी हजाई भाडा तथा इन्धन शुल्कमा छुट दिने बताएको छ ।त्यस्तै एअरलाइन्सले सरकारले घोषणा गरेअनुसार ७५ वर्षमाथिका नेपाली नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएको छ ।

छुट प्राप्त गर्न यात्रा व्यक्तिले उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचय पत्र पेश गर्नुपर्नेछ ।उता बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माणका लागि स्विजरल्यान्डको जुरिच इन्टरनेशनल एअरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा साेमबार सिंहदरबारमा भएको लगानी बोर्डको बैठकले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा जुरिच एअरपोर्टलाई छनौट गरी विस्तृत प्रतिवेदन माग गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विमानस्थलको विस्तृत परियोजना प्रस्तावका लागि कम्पनीलाई ४५ दिनको समयावधि दिइएको छ । यो विमानस्थल निर्माणका लागि अघिल्लो वर्ष चैत महिनामा भएको लगानी सम्मेलनमा सात देशका कम्पनीको प्रस्ताव परेको थियो । लगानी सम्मेलनमा आशय पेश गर्नेमध्येबाट जुरिच एअरपोर्ट एजीसँग विस्तृत प्रस्ताव (रिक्वेष्ट फर प्रपोजल (आरएफपी) मागिएको बोर्डले जनाएको छ ।यो कम्पनीले ज्युरिचकै एअरपोर्ट सञ्चालन गरिरहेको छ । जुरिच एअरपोर्ट निर्देशनालय र एअरपोर्ट रियल इस्टेट कम्पनीसँग गाभेर सन् २००० मा यो कम्पनीको स्थापना गरिएको थियो ।

ज्युरिच एअरपोर्ट एजीले अन्य देशमा पनि एअरपोर्ट सञ्चालन र व्यवस्थापनको जिम्मा लिँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल आठ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिनेछ । यो विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइन्छ ।आरएफपी मूल्याङ्कनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मा विमानस्थल निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइने जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणको ढाँचाबारे सम्बद्ध सबै पक्षबीच छलफल गरेर अघि बढ्ने बताउनुभएको थियो ।निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) भइसकेको छ । रूख कटान तथा वातावरणसँग सम्बन्धित विषयका कारण लामो समयदेखि विमानस्थलको कामले गति लिन सकेको थिएन । सरकारले कमभन्दा कम वन क्षति हुने गरी विमानस्थल निर्माण गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि विमानस्थल क्षेत्रमा पर्ने वनको न्यून सङ्ख्यामा रूख कटानी गरेर आयोजना अघि बढाउने बताउँदै आउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।