९२ रोपनी सरकारी जग्गा मालपोत कार्यालय क’लंकीका प्रमुख रिमालवाटै व्यक्तिको नाममा
काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेको सन्देस नेपालमा खबर छ।
२०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा धादिङ त्रिपुरासुन गाउँपालिका–३ मूलपानीका दिदीभाइ मीनकुमारी थापा र रामकुमार सुयल थापाले उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेका थिए। सरकारी ज आफ्नो बनाउन शुरूमा दिदी मीनाको नामको जग्गा आफ्नो नाममा गर्न भाइ थापाले दिदीलाई जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएका थिए।
मुद्दा दर्ता भएपछि अदालतलाई समेत प्रभावमा पार्न सफल थापा दिदीभाइबीच मुद्दा दर्ता गरेको केही दिनमा मिलापत्र गरी जग्गा आफ्नो नाममा गरेका थिए।जिल्ला अदालत ललितपुरको समेत सेटिङमा उक्त जग्गा व्यक्तिको नाममा गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त मुद्दाको फाइल पुनः अध्ययन गरेको थियो।


