धनकुटाबाट समेत दशैं मनाउन गाउँ घर जान थाले
धनकुटा खबर, १२ असोज । हिन्दुहरुको महानपर्व दशै नजिकीएसंगै धनकुटाबाट समेत आफ्नो गाउँ घर जानेको संख्या बढेको छ ।
अध्यायन र व्यापार व्यावसायी संगै अन्य व्यावसाय गर्दै धनकुटामा बसेका हरु आफ्नो गाउँ घर फर्कन थालेका छन् यसरी घर फर्कनेहरुमा विद्यार्थीको संख्या धेरै रहेको छ विद्यालय क्यापस हिजो बाट दशै सम्म र कतिपय विद्यालय क्यापस तिहार सम्म विदा भएकोले समेत सदरमुकाम छोड्नेको संख्या बढेको हो ।
दशै मनाउन घर जान लागेका संखुवासभाका रोशन कार्किले भने बर्ष दिनमा आउने पर्व भएकोले बर्ष दिन सम्म घर परिबार आफ्न्त संग भेटघाट नभएकोले दशै समेत गाउँमै मनाउने बिचारले आफु घर लागेको बताए ।

लोकसेवा आयोगले लिईने परिक्षा केहि समय पहिले सकिएको भए पनि शिक्षक सेवा आयोगले लिईने लाइसेन्सको परिक्षा हिजो शनिबार मात्र सकिएको थियो ३ जिल्लाको लाइसेन्सको परिक्षा समेत धनकुटामा परेकोले तयारीको लागि समेत धरै विद्यार्थी धनकुटा आएको र उनिहरु समेत परिक्षा सकेर आफ्नो गाउँघर फर्किन थालेका छन् ।


