यस्ता छन् आँखा पाक्ने रोगका लक्षण र बच्ने उपाय
काठमाडौं । आँखा पा’क्ने रोग एक किसिमको स’रुवा रो’ग रहेको आँखा रोग विशेषज्ञहरुले बताएका छन् । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रन्जु सिटौलाले गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुने हुँदा बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो व्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिने बताइन् । उनले भनिन्, “दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याई सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।”
आँखा रोग विशेषज्ञ डा. सविना श्रेष्ठले आँखा पाक्ने समस्या १२ महिना देखिने भए पनि तुलनात्मक रुपमा गर्मी महिनामा बढि देखिने गरेको बताइन् । आँखा रोग विशेषज्ञ डा. वेन लिम्बुले आफू बाहेकका अन्य व्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने बताए ।
“आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ,” उनले भने, “आँखा पाक्ने समस्या पछिल्लो समय चिकित्सकको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सहरुको प्रयोग गर्दा ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग देखिने गर्छ ।”
लक्षण
आँखा रातो हुनु ।आँखा पोल्नु । आँशु आइरहनु । चिप्रा आउने आँखा बिझाएजस्तो हुने । घाममा हिँड्न गाह्रो हुने । उज्यालोमा हेर्न गाह्रो हुने । आँखा सुख्खा भएर चिलाउने दृष्टि धमिलो हुँदै जाने ।आँखा वरपरको भाग सुन्निने ।
बच्ने उपाय
आँखाको सरसफाइमा विशेष ध्यान दिने ,अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने,आँखामा पानीले नछ्याप्ने । जथाभावी औषधीको प्रयोग समेत नगर्ने । हात पखालेर मात्र आँखा छुने ।आँखा सम्बन्धी कुनै पनि समस्या आएमा तुरुन्त चिकित्सकको परामर्श लिने ।


