धनकुटाको छथरजोरपाटीमा पसलहरुको अनुगमन, चिप्स उद्योग र मासु पसल सफा राख्न सुझाव

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका वजारका पसलहरुको आज अनुगमन गरिएको छ । गाउँपालिकाको प्रशासन शाखा,खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटा, जिल्ला प्रशासन कार्यलय धनकुटा, राष्ट्रिय उपभोक्ता मञ्च धनकुटा, उद्योग वाणीज्य संघ सिधुवा, सिधुवा प्रहरी चौकीको संयुक्त टोलिले वजारका पसलहरुको अनुगमन गरेका हो ।

गाउँपालिकाको प्रशासन शाखा प्रमुख नेत्र श्रेष्ठ नेतृत्वको अनुगमन टोलिले त्यहाँका होटल, खाद्य तथा किराना पसलहरुवाट लेवल नराखीएका दामोट, डोनट, क्रिमरोल, कुर्कुरे,पाउरोटी लगायतका सामाग्री जफत गरेको छ ।

त्यस्तैगरी ड्यू, लिच्ची जुस, मिरिण्डा सहितका चिसो पेय पदार्थ जफत गरी नष्ट गरेको छ । गाउँपालिकाका प्रशासन शाखा प्रमुख श्रेष्ठ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका प्रमुख शिव शंकर मिश्र, जिल्ला प्रशासन कार्यलयका नासु वीरेन्द्र रम्तेल,राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका अध्यक्ष विपिन कुमार श्रेष्ठ,छथरजोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिल वहादुर थापा,उद्योग वाणीज्य संघ सिधुवाका अध्यक्ष शिव कुमार श्रेष्ठ र सिधुवा प्रहरी चौकीका प्रहरी जवान युवराज वुढाथोकी लगायतको टोलिले त्यहाँ दर्ता नगरी सञ्चालन भईरहेका होटल तथा पसलहरुलाई दर्ता गराउन,पान नं, मूल्यसूची सवैले देख्ने ठाउँमा राख्न,म्याद गुज्रेका,लेवल नराखीएका खादय सामाग्रीहरु नकिन्न, नवेच्न निर्देशन दिएको छ ।

त्यस्तै गरी चिप्स उद्योग, मासु पसलहरु थप सफा राख्न सुझाव दिएको छ । टोलिले जोरपाटी वजारको २७ वटा पसल अनुगमन गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।