खोटाङका आठ युवाको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक

काठमाडौँ,असोज २५ । देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ ।

जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडेल, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायतका अतिथिहरूद्वारा सार्वजनिक गरिएको हो ।

रावासावा प्राज्ञिक समाज, काठमाडौँ र सावा कला साहित्य मञ्चद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ प्रा.डा. पौडेलले सङ्ग्रहभित्र समाविष्ट गजल पढ्दा गजलकारहरूमा प्रचुर सम्भावना रहेको आफूले पाएको बताउनुभयो । उहाँले स्वदेश र प्रवासमा रहेका गजलकारको संयुक्त सङ्ग्रह स्वागतयोग्य रहेको विचार व्यक्त गर्नुभयो ।

गजलकार रावलले सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै गजलकारहरूबाट अरु परिष्कारको अपेक्षा गरेको बताउनुभयो । उहाँले गजल लेख्दा यसको नियमलाई गजलकारले कठोरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जसराज किराती, शशी लुमुम्बू, रमेश पौडेलले नेपाली साहित्यको समृद्धिमा प्रवासी स्रष्टाहरूको योगदानको चर्चा गर्नुभएको थियो । रावासावाका अध्यक्ष गीतकार टीका चाम्लिङ, महासचिव कवि चन्द्र रानाहँछा, सदस्य आनन्द भट्टराईले संस्थाको उद्देश्य र गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

सङ्ग्रहमा अशोक थुलुङ राई, असीम विश्वकर्मा, अरुण बान्तावा राई, दीप मुस्कान (जेबी राई), धनु विष्ट, रविन दावा राई, रविन्द्र दिखुक्पा र सुगम साकुराका बीस बीस वटा गजल सङ्ग्रहित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।