‘सीधाकुरा’ हेटौंबाट लाइभ, चितवन प्र’हरी कार्यालय परिसरमा म’दिराका बो’तल (भिडियो)
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई हेटौंडाबाट प्रत्यक्ष प्रसारण गरिएको छ । आजको एपिसोडमा पनि विशेष रिपोर्टहरु प्रस्तुत गरिएका छन् ।
१. एनआरएन वडा अध्यक्ष !
काठमाडौं । जनप्रतिनिधि नहुँ’दा कर्मचारीका भरमा स्थानीय तह सुम्पिदा, स्थानीयले सेवा पा’एनन् भनेर स्थानीय तहको निर्वाचनबाट गाँउ–गाँउबाट वडा सदस्यदेखि अध्यक्ष, मेयरसम्म चुनिएको धेरै भएको छैन । प्रशासनदेखि विकास निर्माणका काममा आफैले चुनेको प्रतिनिधि आएपछि सहज होला भन्ने आशा गरेका पर्वत पैयाँ गाँउपालिका वडा नं.४ का स्थानीयहरु अहिले आफैले चुनेको वडा अध्यक्षको अनुहार गाँउमा क’मै मात्र देख्न पाउँछन् । वडा अध्यक्ष महेन्द्र श्रेष्ठ जापानमा बस्छन् । जापानमा बस्ने मात्रै होइन, उनी गैर आवसीय नेपाली संघ एनआरएन जापानका नेता समेत हुन् ।
२. जथाभावी फालिएका म’दिराका बो’तलहरुको फोटो खिचेको भन्दै दुई पत्रकार प्रह’री नि’यन्त्रणमा !
चितवन । जिल्ला प्र’हरी कार्यालय चितवनले आफ्नो हाताभित्र ज’थाभावी फा’लिएका म’दिराका बो’तलहरुको फोटो खिचेको भन्दै पत्रकारमाथि दु’ब्र्यवहार गरेको छ । विहीबार दिउँसो १ बजेको समयमा प्र’हरी कार्यालय पुगेका न्युज २४ टेलिभिजनका पत्रकारद्वय केदार शर्मा र भ’ण्डाफोर अभियानका सूर्य बरालमाथि दु’व्र्यवहार गरेको हो । जिल्ला प्रह’री कार्यालय सं’बेदनशील भएको भन्दै छरपस्ट फालिएका म’दिराको बो’तलहरुको फोटो खिच्न प्रहरीको अनु’मति चाहिने हुनाले बिना अ’नुमति तस्वीर खिचेकाले नि’यन्त्रणमा लिइएको चितवन प्र’हरीको भनाइ छ । नि’यन्त्रणमा परेका दुवैजना प्र’हरी कन्ट्रोलमा आधा घण्टासम्म ब’न्दक बनाइएको थियो ।
३. रातमाटे खानेपानीको नाममा च’रम ला’पारवाही, पाइप आयो तर पानी आ’एन
धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ र ५ का स्थानीयले श्र’मदानसहित रकम संकलन गरेर खानेपानी आयोजन सुरु गरेपनि उपभोक्ता समितिको ला’परवाहीको कारण ४ बर्षसम्म धारामा पानी आ’एको छैन । साथै संकलित रकमको हिसाब कि’ताबसमेत भएको छैन । स्थानीयको श्र’मदान बाहेक १२० घरधुरीबाट ४ हजारका दरले ४ लाख ८० हजार नगद तथा नगरपालिकाको ११ लाख १० हजार रकमबाट सञ्चालित रातमाटे खानेपानी आयोजनमा घर–घरमा धारा निर्माण सुरु गरिएको थियो ।
४. ३१ किलोमिटरको यात्रा गर्न पाँच सय रुपैयाँ !
रोल्पा । रोल्पामा चल्ने सवारी साधानले यात्रुबाट म’नपरी भाडा उठाउँदै आएका छन् । दाङ घोराहीदेखि रोल्पा थवाङ हुँदै रुकुमसम्म पक्की सडक सञ्चालनमा आएपछि पनि सवारी साधनले कच्ची सडककै आधारमा भाडा अ’सुलिरहेका गु’नासो स्थानीयले जिल्ला प्रशासन कार्यालयमा नगरेका पनि होइनन् । तर सु’नुवाई नभएको उनीहरुको गु’नासो छ । घोराहीदेखि रोल्पाको होलेरीसम्मको ३१ किलोमिटर पक्की सडकमा चल्ने सवारीले प्रतिब्यक्ति पाँच सय भन्दा बढी भा’डा लिने गरेका छन् ।


