धनकुटाको नाम्जे–थुम्की सामुदायीक होमस्टे बर्षकै उत्कृष्ट

विकास घिमिरे, धनकुटा खबर । प्रदेश न १ कै उत्कृष्ठ पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटाको साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होमस्टे बर्षकै उत्कृष्ट सामुदायीक होमस्टे ठहरिएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को पूर्वसंन्ध्यामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ठ होमस्टे सेवा प्रदान गरेको भन्दै प्रशंसा र प्रमाण पत्र प्रदान गरेको नाम्जेथुम्की सामुदायीक होमस्टेका अध्यक्ष अनिलकुमार मगरले जानकारी दिए ।

आठ बर्ष अघिबाट होमस्टे अर्थात घरवास कार्यक्रम सुरु गरेका यहाँका स्थानियले अहिले नाम्जे गाउँमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई स्थानिय उत्पादनका परिकार, खानपान र मगरहरुको मौलिक हुर्रा नाच देखाएर स्वागत गर्ने गरिएको छ ।

अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद्र्धनका लागि चिनिएको यस स्थानलाई आठ वर्ष पहिला अमेरिकि सामाचार संस्था सिएन्एन्ले नाम्जे गाउँलाई घुम्नै पर्ने विश्वका १२ वटा गन्तव्यको सूचिमा सूचिकृत गरेको थियो मगरजातिहरुको बाहुल्यता रहेको नाम्जे र थुम्की टोलका २२ घरमा होमस्टे संचालन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।