नेपाली खेलाडीमध्ये सबैभन्दा बढी कमाउने खेलाडी सन्दीप लामिछाने

काठमाडौं, ४ कात्तिक । नेपाली खेलाडीमध्ये खेलकुदबाट सबैभन्दा बढी पैसा कमाउनेमा सन्दीप लामिछाने भएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित हुने देखि विज्ञापनबाट करोडौं कमाएका छन् । जुन नपाली खेलाडीमध्ये अहिलेसम्मकै उच्च हो ।

नेपाली खेलाडीमध्ये अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित भएर करोडभन्दा बढी रकममा अनुबन्धित हुनेमा उनकै नाम आएको छ । यसअघि कुनैपनि नेपाली खेलाडी यति ठूलो रकममा अनुबन्धित भएका थिएनन् । सन्दीपलाई ओभल इन्भेन्सीबल्समा एक लाख पाउण्डमा अनुबन्धित गरेको छ । जुन डेढ करोड नेपाली रुपैयाँ बराबर हुनआउँछ ।

यसैगरी, बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ । लामिछानेले क्यारेबियन लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो । यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो । उनले गत वर्ष पनि क्यारेबियन लिग खेलेका थिए । क्यारेबियन प्रिमियर लिग यो बर्ष सन् २०१९ अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ ।

सन्दीपले ‘द हन्ड्रेड’ मा कर्नाटिकाबाट ४५ हजार अमेरिकी डलरमा अनुबन्धित भए । केही हप्ता अगाडि कर्नाटकाले उनलाई ४५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली हुन् । आईपीएलको बेन्गलुरुको अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

सिप्रदी ट्रेडिङ प्रा.लि ले उनलाई तीन वर्षको अनुबन्धमा हस्ताक्षर गरेको छ साथै उनलाई टाटा टिगोर कारबाट पुरस्कृत गरेको छ । यती कार्पेटले लामिछानेलाई नेपाली एक लाखले पुरस्कृत गरेको छ । यतीले उनलाई आई पि एलमा उत्कृष्ट प्रदर्शन गरेको कारण पुरस्कृत गरेको हो ।

सन्दीप विभिन्न कम्पनिको उत्पादनको विज्ञापनमा आवद्ध छन् । यसबाट उनले लाखौं आम्दानी गर्छन् । यसबाट उनको कमाई दुई करोड नाघिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।