यस्तो बन्ने भो रंगशाला ! धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार
भरतपुर । धुर्मुस– सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डीपीआर तयार भइ सकेकाले अव कामले गति लिने बताएका छन् । ‘यसअघि पनि सामान्य कामहरु भएका थिए, अब डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र दु्रत गतिमा हुनेछन्’, उनले भने ।
तयार भएको डीपीआरबारे एक–दुई दिनमै भरतपुरमा कार्यक्रम गरी जानकारी गराइने उनले बताए । डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्त रुपमा गरेका हुन् । नेपालमा क्रियटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले काम गरेका हुन् । रंगशाला निर्माण अ’वरोध हुँदा डीपीआरको काम पनि रोकिएको थियो । तोकिएको समयभन्दा ३ महिना ढि’ला गरी डीपीआर तयार भएको उनले बताए ।
‘रंगशालाको काममा कुनै अ’वरोध हुने थिएन भने ३ महिनाअघि डीपीआर हात परेर कामको धेरै प्रगति भइसकेको हुन्थ्यो’, अध्यक्ष धुर्मुसले भने, ‘केही ढि’ला भए पनि अब पुनः कामले तीव्रता पाउनेछ।’ निर्माणमा भएको अ’वरोधका का’रण डीपीआर बनाउने परा मर्शदाताले इन्जिनियरहरु नै ह’टाएको र पुनः नयाँ इन्जिनियर नियुक्त गरिएको उनको भनाइ छ । अहिले रंगशालको मुख्य भागमा माटो भर्ने र दूबो रोप्ने काम भएको छ ।


