प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट क’राते प्रतियोगिता–२०७६ पुस १८ देखि

काठमाडौं- नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघले आगामी पुस १८ र १९ गते प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट क’राते प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने जनाएको छ ।

नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठका अनुसार प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट करा“ते प्रतियोगितामा विभिन्न ७/७ तौल समुह गरी जम्मा १४ समूह प्रतियोगिता सञ्चालन गरिने छ ।

प्रतियोगितामा नेपाल, भारत, जापान, फिलिपिन्स, स्पेन, मोरोक्को, श्रीलंका, कम्बोडिया, बंगलादेश, चिन, उरुग्वे, ईटाली, स्विटजरलैण्ड, पाकिस्तान, ईण्डोनेशिया, बेलायत, ईरान, नेदरलैण्ड, ब्राजिल, चिली, अष्टेलिया, अल्जेरिया, आर्मेनिया, भुटान, जर्मनी, साउथ अफ्रिका, थाईल्याण्ड गरी कम्तिमा २५ देशका पुरुष तथा महिला खेलाडीहरु गरी करिव छ सय जना खेलाडीहरुलाई प्र’तिस्पर्धामा सहभागिता गराइने छ ।

प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न १४ वटा गोल्ड, १४ वटा रजत तथा १४ कास्य पदकका लागि प्र’तिस्पर्धा गर्नेछन । बिजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारहरु व्यवस्था गरिएको छ भने मुख्य आकर्षकको रुपमा खुल्ला तौल समूहमा खेल्ने स्वर्ण पदक विजेता पुरुष तथा महिलालाई एक लाख रुपैया“ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

उक्त प्रतियोगिताको सम्पूर्ण कार्यक्रमहरुको व्यबस्थापन एन.एफ.एच ईभेन्ट्सले गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।