छथर गाउँपालिका ५ का तिगेलालाई आदिवासी याक्थुङ (लिम्बू) हरुको पूख्र्यौली भूमी र परम्परागत संस्था” विषयमा विद्यावारिधी

धनकुटा । त्रिभुवन विश्वविद्यालयले खोज अध्येयता कमल तिगेलालाई विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ ।

छथर गाउँपालिका वडा नं. ५, ओख्रे, प्रदेश न १ मा जन्मनु भएका तिगेलाले एम.ए.वि.एल.वि.एड. शिक्षा प्राप्त गर्नु भएको थियो । “आदिवासी याक्थुङ (लिम्बू) हरुको पूख्र्यौली भूमी र परम्परागत संस्था” विषयमा पि.एच.डि. गर्नु भएको हो । तिगेला किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष पनि हुन ।

वहाले आदिवासी लिम्बूहरुको भूमी माथि आन्तरिक र वाह्य उपनीवेशिकरण एवम् परम्परागत संस्थालाई तोडमोड गर्दे उपनिवेशवादीहरुले आफ्नो प्रथा परम्पराको संरचना सत्ता र शक्तिको आडमा लादेको जनाउनु भएको छ । विश्वका आदिवासीहरुको भूमि टेरानलियस सिद्धान्त प्रयोग गरी उपनीवेशवादीहरुले कब्जा गरेको जनाउँदै नेपालमा गोर्खालीहरुले आदिवासी लिम्बूहरुको भूमि कब्जा गरी नाम र सिमाना पटक पटक फेरेको जनाउनु भएको छ । डा. तिगेलाले आदिवासी लिम्बूहरुको पूख्यौली भूमि “याक्थुङ लाजे” भएको बताउँदै यसको सिमाना विगतमा बृहत भएको तर आज याक्थुङबाहरु खुम्चदै गएको जनाउनु भएको छ । मुन्धुम दर्शनको कुरा गर्दै याक्थुङ मुन्धुममा पृथ्वीको सृष्टी, जगत र जीवनको वर्णन भएको कुरा गर्नु भयो ।

आदिवासी लिम्बूहरुको परम्परागत चुम्लुङ संस्कारलाई सुभाङ्गीले विस्थापित गरेको, तुम्याङ न्यायिक प्रणालीलाई अमाल, पंचभलादमी हुँदै वर्तमान न्यायिक क्षेत्रहरुले, राजनैतिक संस्था हाङ प्रणालीलाई राजतन्त्रले विस्थापित गरेको बताउनु भयो । यसरी नै वहाले आदिवासी लिम्बूको आर्थिक संस्थाको रुपमा फासिङ प्रणाली जिवित भएको उल्लेख गर्नु भएको छ । डा. तिगेलाले २४२ थरी लिम्बूहरु मध्ये ६६ वटा माङ्गेना यक भेटिएको उल्लेख गर्दै यो संख्या आगामी दिनमा बढ्न सक्ने बताउनु भएको छ । बाँकी रहेका ८४ थर लिम्बूहरुको माङ्गेना यक पनि पत्ता लगाउन खोज र अध्ययन जारिरहेको भन्दै सबैभन्दा वढी ५७ थरी लिम्बूहरुको माङ्गेना यक च्याङथापु यक भेटिएको जनाउनु भयो । मुन्धुम दर्शन अनुसार आदिवासी लिम्बूहरुको माङ्गेना यकलाई विश्वभर छरिएका लिम्बूहरुले आफ्ना पूख्र्यौली थलो मान्नु पर्ने डा. तिगेलाको दाबी छ ।

डा. तिगेलाले लिम्बुवान अन्तरगत याक्थुङ लाजे स्वायत्त क्षेत्र बन्ने धारणा अघि सार्नुभएको छ । यसबाट आत्म निर्णयको अधिकार सहितको स्वायत्तता, स्वशासन सहितको आफ्नो पूख्र्यौली भूमीको दाबी, प्राकृतिक स्रोत साधनहरुको उपयोग, आई.एल.ओ महासन्धी १६९ र संयुक्त राष्ट्र संघीय आदिवासी अधिकारको पूर्ण उपयोग गर्न सकिने बताउनु भएको छ । आदिवासी याक्थुङहरुको परम्परागत संस्था “चुम्लुङ” भएको दावी गर्दे वहाँले यसको संरचना समेत आधुनिक संरचना नभएर परम्परागत संरचना नै हुनुपर्ने औल्याउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।