धानमा धो’का : गरिमा नै हो कि होइन? काठमाडौंमा डी’एनए परी’क्षण हुँदै
काठमाडौं, कार्तिक ५ । गरिमाको गरिमा हो, छिटो पाक्ने र स्वादिलो हुने। यही ठानेर धान सुपरजोनका किसानले हौसिँदै पुरानो प्रजाति फेरे। ठूलो आ’शा गरिएको गरिमाले भने अ’न्त्यमा धो’का दियो। यो धान पसाउँदै पसाएन।
धो’का खाएपछि कृषि कार्यालय यसको डी’एनए परीक्षणमा लागेको छ। यो खबर बर्दियाको गुलरियाबाट यादव आचार्यले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन्।
उसको आ’शंका छ, झुक्किएर बीउ अर्कै पो प¥यो कि? काठमाडौंबाट डी’एनए रिपोर्ट आएपछि वा’स्तविकता खुल्ने सुपरजोनका वरिष्ठ कृषि अधिकृत तपेन्द्रबहादुर शाह बताउँछन्।


