‘स्थानीय जनशक्ति र अध्ययन बिना सुरुङमार्गको सपना बालुवामा पानी हाले जस्तै’

यातायात पारवहनको लागि महत्त्वपूर्ण हुने ठानिएको नागढुङ्गा-नौबिसे सुरुङमार्गको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे। जापान सरकारको १६.६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ५.५३ अर्ब रुपैयाँ लगानी हुने यो सुरुङमार्ग २.६८ किलोमिटर लामो रहने बताइएको छ।

प्रभावकारी र चुस्त सडक सञ्जालले देशको अर्थतन्त्रलाई ठूलो योगदान दिन सक्ने भएकाले सुरुङमार्गमा जानुको विकल्प नरहेको विज्ञहरूले बताउने गरेका छन्। तर महँगो लागत, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको आवश्यकतासँगै नेपालको भूगर्भलाई पनि सुरुङमार्ग निर्माणमा चुनौतीका रूपमा हेर्ने गरिएको छ।

यो निर्माणाधीन सुरुङमार्गबाहेक अन्य साना-ठूला मार्ग तथा यातायात प्रयोजनका लागि एक दर्जनभन्दा बढी सुरुङ बनाउन अध्ययन भइरहेको सरकारी पक्षको भनाइ छ। जलविद्युत् परियोजनाका निर्माणमा त्यसैगरी सयौँ किलोमिटर सुरुङको सम्भाव्यता र आवश्यकता देखिन्छ।

यसै विषयमा चट्टान एवं सुरुङविज्ञ तथा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (एनटीएनयू) का प्राध्यापक कृष्णकान्त पन्थीसँग नेपालमा सुरुङमार्गको आवश्यकता र चुनौतीबारे प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।