पाँचथरमा उम्मेदवार टु’ङ्ग्याउँदै द’लहरु,हेर्नुहोस् कुन पार्टीबाट को उम्मेदवार
फिदिम। आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि पाँचथरमा रा’जनीतिक दलहरुले धमाधम उम्मेदवार टु’ङ्गो लगाउँदैछन् । पाँचथरमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पद रि’क्त छ ।
नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)ले तीन वटै स्थानका उम्मेदवार छनोट तथा सि’फारिस गरेको हो । नेकपाले रि’क्त फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पार्टीका जिल्ला सचिवालय सदस्य वीरबहादुर कुरुम्बाङलाई उम्मेदवार बनाउन सि’फारिस गरेको छ । कुरुम्बाङ गत स्थानीय तह निर्वाचनमा समेत तत्कालीन नेकपा (एमाले)बाट अध्यक्ष पदको उम्मेदवार भई नि’कटतम प्र’तिद्वन्द्वी हुँदै प’राजित भएका थिए।
गाउँपालिका अध्यक्षको उम्मेदवार प्रदेश कमिटीले टुङ्ग्याउने व्यवस्थाअनुसार प्रदेश कमिटीमा कुरुम्बाङको नाम सि’फारिस गरिएको नेकपाका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
नेकपाले फिदिम नगरपालिका¬–१ को वडाध्यक्ष पदमा जिल्ला सचिवालय सदस्य गजाधर भट्टराईलाई तथा हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदमा गाउँपालिका कमिटीका सदस्य ग्यनाथ रिजाललाई उ’म्मेदवार बनाउने निर्णय गरेको आङ्बोले बताए। भट्टराई गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्ष पदको उम्मेदवार भई प’राजित भएका थिए ।
नेपाली काङ्ग्रेसले फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा जिल्ला कार्यसमितिका सचिव वृजहाङ आङ्देम्बेलाई उम्मेदवारका रुपमा सि’फारिस गरेको छ । जिल्ला कार्यसमितिले उनको एकल रुपमा माथिल्लो का’र्यसमितिमा पठाउने नि’र्णय गरेको काङ्ग्रेस पाँचथरले जनाएको छ ।
फाल्गुनन्द गाउँपालिकामा गत स्थानीय निर्वाचनमा काङ्ग्रेसले वि’जय हा’सिल गरेको थियो । काङ्ग्रेसले हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदमा त’त्कालीन भारपा गाविसका पूर्वअध्यक्ष तिलविक्रम इधिङ्गोलाई उम्मेदवार बनाउने नि’र्णय गरेको छ । फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदमा भने काङ्ग्रेसले उम्मेदवार टु’ङ्ग्याउन बाँकी रहेको नगर सभापति सन्तोष श्रेष्ठले जानकारी दिए।
यस अ’तिरिक्त समाजवादी पार्टीले फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा जिल्ला कार्यसमिति सदस्य विमला नेम्वाङ आङ्देम्बे र हिलिहाङ–७ को वडाध्यक्ष पदमा जिल्ला कार्यसमिति सदस्य धिरेन योक्पाङ्देनलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिए ।
यस्तै स’ङ्घीय लोक’तान्त्रिक राष्ट्रिय मञ्चले जिल्ला कार्यसमितिका उपाध्यक्ष जितेन चेम्जोङलाई फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाउने नि’र्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले फिदिम–१ को वडाध्यक्ष पदमा निलम गिरी तथा हिलिहाङ–७ को वडाध्यक्ष पदमा तुलप्रसाद पन्थाकलाई उम्मेदवार बनाएको छ । यहाँ तीन वटै स्थानका अध्यक्षको नि’धन भएपछि उप’निर्वाचन हुन लागेको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको २०७५ माघ २६ गते नि’धन भएको थियो ।
यस्तै फिदिम नगरपालिका¬–१ का वडाध्यक्ष हर्कबहादुर मोक्तानको २०७६ साउन ६ गते नि’धन भएको थियो भने हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको २०७४ चैत १६ गते नि’धन भएको थियो । यहाँ रिक्त तीन वटै पदमा नेकपा र काङ्ग्रेसका उम्मेदवारबी’च मु’ख्य प्र’तिस्पर्धा हुने अ’नुमान गरिएको छ । रासस


